हिमाल दैनिक
भाबुक भएका एम्बाप्पेलाई सम्हाल्न फ्रान्सका राष्ट्रपति खेलमैदानमै पुगेपछि...
mbappe
कतारको दोहास्थित लुसेल रङ्गशालामा हालै सम्पन्न २२औँ संस्करणको फाइनल खेलमा अर्जेन्टिनाले फ्रान्सलाई पराजित गरेको छ । पराजितसंगै भाबुक बनेका खेलाडीलाई सम्हाल्न फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोन खेल मैदानमै पुगेका थिए । टाइब्रेकरमा ४–२ गोलअन्तरले पराजित भएपछि फ्रान्सका किलियन एम्बाप्पे मैदानमै भाबुक भएर बसेका थिए । राष्ट्रपति म्याक्रोन एम्बाप्पेलाई अंकमाल गरेर सान्त्वना दिएका थिए । एम्बाप्पेसंग करिव ५ मिनेट कुराकानी भएपछि राष्ट्रपति म्याक्रोन अन्य खेलाडीसंग पनि भेट गरेका थिए । बिश्वकपको २२ औं संस्करणमा सबै भन्दा बढी गोल गर्ने फ्रान्सका एम्बाप्पे हुन् । उनले यस पटकको गोल्डेन बुट पाएका थिए । यस प्रतियोगितामा एम्बाप्पेले ८ गोल गरेका थिए ।अर्जेन्टिनाका लियोनल मेस्सीले सात खेलमा ७ गोल गरेका थिए ।
प्रकाशित मिति: सोमबार, पुस ४, २०७९  ०९:३७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update