हिमाल दैनिक
सचिव पाण्डेलाई तीन दिन हिरासतमा राख्न अदालतको अनुमति

नेपाली नागरिकलाई भुटानी शरणार्थीको नक्कली कागजात बनाएर अमेरिका पठाउने गिरोहसँग मिलेमतो गरेको आरोपमा प्रहरीले नेपाल सरकारका सचिव टकनारायण पाण्डेलाई बुधबार पक्राउ गरेको छ।

प्रहरीले अनुसन्धानका लागि पक्राउ गरेलगत्तै हिँजै पाण्डेलाई जिल्ला अदालत काठमाडौँमा उपस्थित गराएकोमा अदालतले तीन दिन हिरासतमा राखी अनुसन्धान प्रक्रिया अघि बढाउन अनुमति दिएको छ।

सचिव पाण्डेले केही समयअघि गृहमन्त्रालयमा कार्यरत रहँदा नेपाली नागरिकलाई भुटानी शरणार्थीको परिचयपत्र दिएर अमेरिका पाठउने गिरोहसँग मिलेर करोडौँ रुपैयाँ असुल गरेको आरोप लागेको छ।

अदालतले ठगी र सङ्गठित अपराधसम्बन्धी कसूरमा अनुसन्धानका लागि तीन दिन हिरासतमा राख्न अनुमति दिएको जिल्ला प्रहरी परिसर, काठमाडौँले जनाएको छ।

प्रहरीले सचिव पाण्डेलाई पक्राउ गर्न अदालतबाट पक्राउ पुर्जी लिइ पक्राउ गरेसँगै आज जिल्ला अदालत काठमाडौँमा उपस्थित गराएको थियो।

हाल सचिव पाण्डे उपराष्ट्रपति कार्यालयमा कार्यरत रहेका छन्। यसअघि उनी गृह मन्त्रालयको सचिव हुनुहुन्थ्यो । पाण्डे गृह मन्त्रालयको सचिव रहेका बेला नेपालीलाई भुटानी शरणार्थी बनाउने गिरोहसँग मिलेमतो गरेको आरोप लागेको छ।

प्रकाशित मिति: बिहीबार, वैशाख २१, २०८०  १३:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update