हिमाल दैनिक
सिम्रिक एयरको हेलिकप्टर संखुवासभामा दर्घटनामा पर्दा ५ जना घाइते
Photo: Wang Bhote

सिम्रिक एयरको हेलिकप्टर संखुवासभाको भोटखोलामा दुर्घटना भएको छ।

संखुवासभा जिल्लास्थित भोटखोला गाउँपालिका अध्यक्ष वाङछेदर लामाका अनुसार, माथिल्लो अरुण जलविद्युत परियोजनाको निर्माण सामाग्री लिएर गएको हेलिकप्टर शुक्रबार अपरान्ह दुर्घटनाग्रस्त हुँदा हेलिकप्टरमा रहेका ५ जना गम्भीर घाइते भएका छन्।

अध्यक्ष लामाले आफ्नो फेसबुकमार्फत दिएको जानकारी अनुसार, हेलिकप्टरका चालक तथा सहचालकसँगै उक्त हेलिकप्टरमा रहेका छिरिङ भोटे (चेपुवा), स्थानीय भबिन गुरुङ र सुरेन्द्र पौडेल रहेका छन्। पाइलट र को–पाइलटको नाम भने उल्लेख गरेका छैनन्।

हेलिकप्टर दुर्घटना भएलगत्तै गम्भीर घाइते भएका चालक दलका सदस्य तथा अन्य सदस्यलाई नेपाली सेनाको हेलिकप्टरबाट उपचारका लागि काठमाडौं पठाउने तयारी भइरहेको छ।

 

प्रकाशित मिति: शुक्रबार, वैशाख २२, २०८०  १४:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update