हिमाल दैनिक
हेलिकोप्टर दुर्घटना अपडेटः एकको मृत्यु

खाँदबारी, २२ वैशाखः सङ्खुवासभाको भोटखोला–४ मा सिम्रिक एयरको हेलिकोप्टर दुर्घटनामा एकको मृत्यु भएको छ । दुर्घटनामा परी स्थानीय भविन गुरुङको मृत्यु भएको डिएसपी वीरेन्द्र गोदारले जानकारी दिनुभयो ।

    हेलिकोप्टरमा सवार चारजना गम्भीर घाइते हुनुभएको उहाँले बताउनुभयो । आज दिउँसो १ः१० बजे भोटखोला गाउँपालिका–४ हटियाको सिक्प्रुङको हम्मरेडाँडामा रुखमा ठोक्किएर हेलिकोप्टर दुर्घटना भएको प्रहरीको भनाइ छ ।
 
    मृतक गुरुङ हेलिकोप्टरमा सहयोगीका रुपमा काम गर्दै आउनुभएको थियो । दुर्घटनामा परी क्याप्टेन सुरेन्द्र पौडेल, को–पाइलट छिरिङ भोटे, अर्का सहयोगी मनोज थापा र नेपाल विद्युत् प्राधिकरणका कर्मचारी विक्रम शङ्कर गम्भीर घाइते हुनुभएको छ । उहाँहरुलाई उपचारका लागि काठमाडौँ पठाइएको छ ।

प्रकाशित मिति: शुक्रबार, वैशाख २२, २०८०  १६:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update