हिमाल दैनिक
खाण, पाण्डे र राईसहित १२ जनालाई ४ दिन हिरासतमा राखी अनुसन्धान अघि बढाउन अदालतको अनुमति

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वगृहमन्त्री बालकृष्ण खाणसहित १२ जनालाई अनुसन्धानका लागि थप चार दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।

आइतबार सरकारी वकिलको कार्यालयबाट म्याद थपका लागि जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइएका खाण, पूर्व गृहसचिव टेकनारायण पाण्डे, पूर्व गृहमन्त्री रामबहादुर थापाको सुरक्षा सल्लाहकार इन्द्रजित राई लगायतका व्यक्तिहरुलाई अदालतले उक्त प्रकरणमा थप अनुसन्धानका लािग चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थप गरिदिएको हो।

नक्कली भुटानी शरणार्थी प्रकरणमा खाणसंगै उनका स्वकीय सचिव नरेन्द्र केसी, तत्कालीन गृहसचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई लगाएत १२ जनालाई पक्राउ गरि अनुसन्धान गरिरहेको छ भने एमाले सचिव टोपबहादुर रायमाझी फरार छन्। नक्कली भुटानी शर्णार्थी प्रकरणमा सय भन्दा बढिले २० वटा जाहेरी दिएका छन्।

प्रकाशित मिति: आइतबार, वैशाख ३१, २०८०  १७:४१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update