हिमाल दैनिक
अर्थतन्त्रलाई गतिशील र फराकिलो बनाइनेछः अर्थमन्त्री डा महत

सरकारले अर्थतन्त्रलाई गति पैदा गर्ने उद्देश्यका साथ आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेको छ ।

अर्थमनत्री डा प्रकाशशरण महतले सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्षको बजेटमा अर्थतन्त्रलाई गतिशील र फराकिलो बनाउने बताउनुभयो । यस्तै, बजेटमा तीव्र आर्थिक विकास गर्ने, गुणस्तरीय सामाजिक विकास न्याय, लगानीमैत्री वातावरण बनाई निजी क्षेत्रको मनोबल उच्च आय तथा रोजगारीको गरिबी न्यूनीकरण गर्ने, समृष्टिगत आर्थिक स्थायित्व, सङ्घीयताको सबलीकरण र सुशासन तथा सार्वजनिक खर्च वृद्धि गर्ने लक्ष्य राखिएको छ ।

आगामी आर्थिक वर्षको बजेटले कृषि, ऊर्जा, पर्यटन लगानी प्रवर्द्धन, औद्योगिक विकासलाई प्राथमिकता दिएको छ । यस्तै, बढ्दो व्यापार घाटालाई सन्तुलनमा ल्याउने, सामाजिक सुरक्षामा ध्यान दिने तथा पूर्वाधार निर्माण, विद्युतीय प्रणालीको विकासलाई प्राथमिकतामा राखिएको छ । त्यस्तै, वातारणको संरक्षण पूर्वाधार निर्माण, विपद् व्यवस्थापन, वित्तीय क्षेत्र सुधार, सार्वजनिक वित्तीय प्रणालीमा सुधार वित्तीय सङ्घीयताको सबलीकरण गर्ने बजेट प्रणालीमा सुधार गर्ने लक्ष्य राखिएको छ । यस्तै, बजेटले उस्तै प्रकृतिका २० वटा संस्थासमेत खारेज गरेको छ ।

प्रकाशित मिति: सोमबार, जेठ १५, २०८०  १७:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update