हिमाल दैनिक
संसद बैठकः अर्थमन्त्रीले जवाफ दिनुहुने

प्रतिनिधिसभाको बैठक सुरु भएको छ । आजको बैठकमा आगामी आर्थिक वर्ष २०८०र/८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल गर्ने कार्यसूची छ ।

    बैठकमा अर्थमन्त्री डा प्रकाशशरण महतले राजस्व र व्ययको वार्षिक अनुमान माथिको छलफलमा उठेका प्रश्नको उत्तर दिनुहुने कार्यसूची छ । अर्थमन्त्री डा महतले आजै विनियोजन विधेयक, २०८० र राष्ट्र ऋण उठाउने विधेयक, २०८० संसद्मा प्रस्तुत गर्नुहुने कार्यसूची छ ।

    त्यस्तै, विनियोजन विधेयक, २०८० र राष्ट्र ऋण उठाउने विधेयक, २०८० लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालले राख्नुभएको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गरिने समेत आजको कार्यसूचीमा राखिएको छ ।

प्रकाशित मिति: आइतबार, जेठ २८, २०८०  १३:१३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update