हिमाल दैनिक
चुडामणि शर्मासहित कर फर्छ्योट आयोगका पदाधिकारीलाई नौ वर्ष कैद

विशेष अदालतले आज आन्तरिक राजस्व विभागका निलम्बित महानिर्देशक चुडामणि शर्मासहित कर फर्छ्योट आयोगका पदाधिकारीलाई नौ वर्ष कैद सजाय हुने फैसला गरेको छ ।

    विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, सदस्यहरु यमुना भट्टराई र शालिग्राम कोइरालाको इजलासले कर फर्छ्योट आयोगका अध्यक्ष लुम्बध्वज महतलाई नौ वर्ष एक महिना, सदस्य उमेश ढकाल र सदस्य सचिव आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक शर्मालाई नौ वर्ष कैद सजाय हुने फैसला गरेको विशेष अदालतका प्रवक्ता तथा उपरजिस्ट्रार दीपेन्द्रनाथ योगीले जानकारी दिनुभयो ।

    उहाँका अनुसार कैद सजाय हुने फैसला भएका तीनै जनालाई जनही रु दुई अर्ब पाँच करोड २३ लाख ४८ हजार नौ सय ४९ बिगो र जनही रु चार अर्ब १० करोड ४६ लाख ९७ हजार आठ सय ९८ जरिवाना तोकिएको छ । यसअघिको सुनुवाइमा उनीहरुलाई दोषी ठहर गरिएकोमा आज सजाय तोकिएको प्रवक्ता तथा उपरजिस्ट्रार योगीले बताउनुभयो ।

प्रकाशित मिति: बुधबार, असार ६, २०८०  १२:४४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update