हिमाल दैनिक
खर्च विवरणको पुस्तिका नआएपछि संसद् बैठक स्थगन

प्रमुख प्रतिपक्षी नेकपा एमालेको विरोधपछि प्रतिनिधिसभाको आजको बैठक १५ मिनेटका लागि स्थगन भएको छ ।

विनियोजन विधेयक, २०८० को शीर्षकगत छmलफलका क्रममा उपराष्ट्रपतिको कार्यालयका लागि खर्च शीर्षक पुस्तिका सांसदलाई उपलब्ध नगराइएको भन्दै विरोध गरेपछि बैठक स्थगित भएको हो ।

बैठकमा एमालेका सचेतक महेश बर्तौलाले  कार्यसूचीमा रहेको उक्त निकायको खर्च विवरण प्राप्त नभएसम्म छलफल अघि बढ्न नसक्ने अडान राख्नुभएको थियो । यसपछि सभामुख देवराज घिमिरेले कतिपय निकायका शीर्षक प्राप्त नभएको भए पनि बजेटको छलफल समयमै सक्नुपर्ने भएकाले बैठक सञ्चालनमा सहयोग गर्न आग्रह गर्नुभयो । तर एमालेले पुस्तिका नआएसम्म छलफल चल्न नदिने अडान दिएपछि बैठक स्थगित भएको छ ।

प्रकाशित मिति: शुक्रबार, असार ८, २०८०  १३:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update