हिमाल दैनिक
नारायणगढ–मुग्लिन सडक: पहिरो सफा गर्न समय लाग्ने

नारायणगढ–मुग्लिन सडक खण्डमा खसेको पहिरो पन्छाउन अझै समय लाग्ने भएको छ । इच्छाकामना गाउँपालिका–५ तीन नम्बर पुलमा गए राति पहिरो खसेको हो ।

 डिभिजन सडक कार्यालय चितवनका प्रमुख रमेशकुमार पौडेलले थप पहिरो नखसे केही घण्टापछि सडक खसलाउन सकिने बताउनुभयो । पहिरोको एउटा ढिस्को नै झरेकाले पन्छाउन समय लागेको उहाँको भनाइ छ ।  अर्को ढिस्को पनि खस्ने अवस्थामा छ, पौडेलले भन्नुभयो ।

सो स्थानमा बिहानैदेखि पहिरो पन्छाउने काम भइरहेको छ । छिनछिनमा पहिरो खस्दा यातायात अवरुद्ध हुँदैआएको छ ।

प्रकाशित मिति: आइतबार, असार १७, २०८०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update