Tihar Banner
Tihar Banner
हिमाल दैनिक
नेपाली क्रिकेट टोलीलाई प्रधानमन्त्रीद्वारा शुभकामना
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ एसिया कप क्रिकेटका लागि पाकिस्तान पुगेको नेपाली क्रिकेट टीमलाई जीतको शुभकामना दिनुहुँदै। बुधबार पाकिस्तानमा रहेको नेपाली टीमसँग भर्चुअल बैठक गर्दै प्रधानमन्त्री ‘प्रचण्ड’ले जीतका लागि शुभकामना व्यक्त गर्नुभएको हो। त

प्रधानमन्त्री पुष्पकमल दाहालले एसिया कप क्रिकेटका लागि पाकिस्तान पुगेको नेपाली क्रिकेट टोलीलाई जितका लागि शुभकामना दिनुभएको छ । बुधबार बिहान पाकिस्तानमा रहेको नेपाली टोलीसँग भर्चुअल बैठक गर्दै उहाँले जितका शुभकामना व्यक्त गर्नुभएको हो ।
 
    प्रधानमन्त्रीले प्रतियोगितामा नेपालले राम्रो नतिजा निकाल्ने विश्वास व्यक्त गर्दै खेल क्षेत्रको विकास र खेलाडीको हितका निम्ति आफूले हमेसा ध्यान दिँदै आएको बताउनुभयो । बैठकमा नेपाली टोलीका क्याप्टेन रोहित पौडेलले आफ्नो टोलीले राम्रो तयारी गरिरहेको र त्यहीअनुसार प्रतिस्पर्धामा प्रस्तुति रहने प्रधानमन्त्रीलाई जानकारी गराउनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
 
    एसिया कप क्रिकेटमा पहिलो पटक सहभागिता जनाउन लागेको नेपालले आज घरेलु टोली पाकिस्तानसँग खेल्दैछ । सोह्रौँ संस्करणको एसिया कपको उद्घाटन खेल पाकिस्तानको मुल्तान क्रिकेट रङ्गशालामा आज दिउँसो ३ः१५ बजे हुनेछ ।

Wednesday, Aug 30