हिमाल दैनिक
काठमाडौंको बबरमहलस्थित सडकमा पैदल यात्रुले नै मिलाउन सक्छन् ट्राफिक लाइट

बढ्दो सडक दुर्घटनालाई न्यूनिकरण गर्न काठमाडौंको बबरमहलमा अत्याधुनिक ट्राफिक लाइटको व्यवस्था गरिएको छ।

सडक पार गर्ने पैदलयात्रु आफैले बटन थिचेर ट्राफिक लाइट बाल्ने प्रविधिको शुभारम्भ गरिएको हो।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख पोषराज पोखरेलले अबदेखि उक्त स्थानमा बाटो काट्ने पैदल यात्रुहरुले सडक छेउमा राखिएको बटन थिचेर हरियो बत्ति बलेसँगै सडक पार गर्नका लागि राखिएको ट्राफिक लाइट अत्याधुनिक प्रििवधियुक्त व्यवस्था भएको जानकारी दिए।

पोखरेलले पैदलयात्रीले सडक पार गर्नका लागि बटन थिचको केहिबेरपछि रातो बति बलेर सवारी रोकिने र सडक पार गरेपछि आफै हरियो बत्ति बल्न बताए।

त्यस्तै काठमाडौं महानगर प्रहरीका प्रमुख राजुनाथ पाण्डेले पैदल यात्रुलाई बाटो काट्न सहज होस भनेर बिभिन्न निकायको सहकार्यमा पेलिकन क्रसिङ राखिएको जानकारी दिए।

यसबाट सडक दुर्घटना कम हुने विश्वास महानगरको रहेको उनले बताए।

करिव १० लाख रुपैयाँ लागतमा पैदलयात्रु आफैंले बटन थिचेर ट्राफिक लाइट बाल्ने प्रविधि राखिएको हो। यस्तै उपत्यका बिभिन्न स्थानमा पेलिकन क्रसिङ राख्ने तयारी भइरहेको महानगरले जनाएको छ।

प्रकाशित मिति: सोमबार, मंसिर ११, २०८०  १३:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update