हिमाल दैनिक
इच्छाशक्ति नभएको नेतृत्वले मार्ग खुला गरेकै बेसः नेता कोइराला

नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले सबै ठुला राजनीतिक दलको नेतृत्व तहमा बस्ने व्यक्तिहरुमा इच्छाशक्ति नभएकै कारण जनतामा निराशा छाएको दाबी गरेका छन्।

नेपाली कांग्रेस नवलपरासी–पश्चिम जिल्लाको प्रथम जिल्ला सम्मेलनलाई परासीमा शुक्रबार सम्बोधन गर्दै नेता कोइरालाले नेताहरुकै आचरणका कारण जनतामा चरम निराशा छाएको आरोप लगाएका हुन्।

उनले जनतामा आशा जगाउने र हाम्रै नेताहरुले देश बनाउन सक्छन् भन्ने सन्देश दिनु अहिलेको आवश्यकता रहेको बताए।

राजनीतिक दलको नेतृत्वमा बस्नेहरुले कुनै कालखण्डमा देश र प्रजातन्त्रको लागी राम्रो काम गरेको बताउँदै कोइरालाले भने, ‘अब जनतामा आशा जगाउन र देशलाई नयाँ ढंगले समृद्धिको बाटोमा लैजान पनि उहाँहरूले स–सम्मानपुर्वक नेतृत्व छाड्नुपर्छ।’

नेता कोइरालाले गुट र उपगुटको चौघेरामा रमाउँन छाडेर जनताका पक्षमा रचनात्मक काम गर्न पनि कांग्रेसका सबै नेता, कार्यकर्तालाई आग्रह गरेका थिए।

 

प्रकाशित मिति: शुक्रबार, मंसिर १५, २०८०  २१:४१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update