हिमाल दैनिक
कांग्रेसको मधेस प्रदेश सम्मेलन सुरु
नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा नेका मधेस प्रदेशको प्रथम प्रदेश सम्मेलनमा सहभागी हुँदै । तस्बिरः अजयकुमार साह/रासस

नेपाली कांग्रेसको प्रथम मधेस प्रदेश सम्मेलन सुरु भएको छ । भोलिसम्म चल्ने सम्मेलनमा आठ वटै जिल्लाका प्रतिनिधि सहभागी भएका छन् ।

पार्टीका मधेस प्रदेश महामन्त्री बृहस्पति कृष्ण श्रेष्ठले जानकारी दिनुभयो ।

स्थानीय तिरहुतीयागाछी मैदानमा आयोजित सम्मेलनको पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्नुभयो । सम्मेलनमा उपसभापतिद्वय पूर्णबहादुर खड्का, धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा र सहमहामन्त्रीहरू सहभागी हुनुहुन्छ ।

मधेस प्रदेशका आठ जिल्लाका आठ सय २५ जना प्रतिनिधिको सहभागिता रहने सम्मेलनका क्रममा प्रदेश समितिको राजनीतिक, साङ्गठनिक, आर्थिक प्रतिवेदनमाथि छलफल गरिने प्रदेश सभापति कृष्णप्रसाद यादवले जानकारी दिनुभयो ।  

सम्मेलन सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्न विविध सवालमाथि गम्भीर छलफल गरी महत्वपूर्ण सन्देश प्रवाह गर्न सफल हुने विश्वास मधेस प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्रीसमेत रहनुभएका सभापति यादवले बताउनुभयो ।

 

प्रकाशित मिति: बिहीबार, पुस ५, २०८०  १५:४३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update