हिमाल दैनिक
बल्खुमा ७ वर्षअघि एक महिलाको हत्या गरी फरार रहेको आरोपमा एक जना पक्राउ

नेपाल प्रहरीले काठमाडौंको बल्खुमा सात बर्षअघि एक महिलाको हत्या गरि फरार रहेका अभियोगमा एक जनालाई पक्राउ गरेको छ।

२०७४ पौष ३० गते काठमाडौंको बल्खु भुवनेश्वरमन्दिर पछाडी ज्यामी काम गर्ने अप्सरा भन्ने नारायणी तिमिल्सिनाको हत्या गरी फरार रहेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरि सार्वजनिक गरेको हो।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बिहीबार पत्रकार सम्मेलन गर्दै घटनामा संलग्न अर्घाखाँचीको शितगंगा नगरपालिका–१४ घर भएका जगत विश्वकर्मा र मुख्य योजनाकार धादिङ घर भएका बर्ष ४६ को शिवराम अधिकारीलाई सार्वजनिक गरेको हो।

अधिकारी भने यसअघि नै चोरीको घटनामा संलग्न रहेको आरोपमा पक्राउ परी कारागारमै रहेका थिए। घटनाको अनुसन्धान गर्दा अधिकारी हत्याको मुख्य योजनाकार रहेको खुलेको अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिए।

प्रहरीका अनुसार मृतक अप्सरासंगको चिनजानका क्रममा शिवरामले बल्खु क्षेत्रमा बोलाएर हत्यार गरेका थिए। हत्यापछि अप्सराले लगाएको सुन र खल्तीमा भएको केहि नगद निकालेर फरार भएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । विश्वकर्मालाई बुधबार नेपाल फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको समेत प्रहरीले जनाएको छ।

प्रकाशित मिति: बिहीबार, पुस ५, २०८०  १६:१९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update