हिमाल दैनिक
इपीएसमार्फत कोरिया जान चाहने युवाहरुको भिडले मन्त्री ज्वालाको गाडी जलायो
social site

कोरियामा रोजगारीका लागि जान चाहने युवाहरु नाममा सडकमा उत्रिएको भिडले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरेका छन्।

शुक्रबार ललितपुरको बालकुमारी पुगेका मन्त्री ज्वालाको गाडीलाई रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षाको विषयलाई लिएर सडकमा प्रदर्शनमा उत्रिएका युवाहरूले नियन्त्रणमा लिँदै आगो लगाइदिएको प्रहरीले जनाएको छ।

घटनास्थल नजिकै रहेका एक प्रत्यक्षदर्शीका अनुसार, सडकमा प्रदर्शन गर्दै आएका युवाहरुले मन्त्री ज्वालालाई गाडीबाट ओराल्दै तोडफोड र आगजनी गरिदिएका थिए।

आक्रोसित युवाहरुको भिडले गाडी रोकेपछि मन्त्री ज्वाला गाडीबाट ओर्लिएर ज्यान जोगाउन तर्फ लागे भने युवाहरुले गाडीका टायरको हावा खुस्काउँदै आगो लगाइदिएपछि उक्त गाडी ध्वस्त भएको छ।

घटना लगत्तै सुरक्षाकर्मी र दमकलको सहायतामा आयो नियन्त्रणमा लिइएको छ। अहिले बालकुमारी–ग्वार्को सडकखण्ड तनावग्रस्त रहेको छ।

प्रकाशित मिति: शुक्रबार, पुस १३, २०८०  १३:५१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update