हिमाल दैनिक
हत्या र यौन हिंसाको आरोपमा पक्राउ परेका बम्जनविरुद्ध सर्लाही जिल्ला अदालतमा सुनुवाइ सुरु
लामो समयदेखि प्रहरीले खोजी रहेका रामबहादुर बम्जनलाई मङ्गलबार पक्राउ गरेपछि आज पत्रकार सम्मेलनको आयोजना गरी बम्जनलाई सार्वजनिक गर्दै केन्द्रीय अनुसन्धान ब्यूरो । तस्बिरः विमलबहादुर विष्ट/रासस

हत्या र यौन हिंसाका अभियुक्त रामबहादुर बम्जनलाई जिल्ला अदालत सर्लाहीसमक्ष प्रस्तुत गरिएको छ ।

जिल्ला अदालत, सर्लाहीबाट उनीविरुद्ध पक्राउ पुर्जी जारी भएकाले निजलाई अदालतमा पेस गरिएको हो । उक्त अदालतमा न्यायाधीश विष्णु रेग्मीको इजलासमा उनीविरुद्ध मुद्दाको सुनुवाइ सुरु भएको स्रेस्तेदार सदन अधिकारीले राससलाई जानकारी दिनुभयो ।  

हत्या र यौन शोषणको मुद्दामा सर्लाही जिल्ला अदालतले २०७६ साल माघ २३ गते बम्जनलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको थियो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले बम्जनलाई मङ्गलबार पक्राउ गरेको थियो ।

प्रकाशित मिति: बिहीबार, पुस २६, २०८०  १२:४४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update