हिमाल दैनिक
शतप्रतिशत मत खसाल्दै सम्पन्न भयो कर्णाली प्रदेशको मतदान

राष्ट्रिय सभा सदस्यका लागि कर्णाली प्रदेशमा शतप्रतिशत खसेपछि अपरान्ह मतदान सम्पन्न भएको छ।

प्रदेशसभाका ४० तथा स्थानीय तहका १५६ गरि १९६ मतदाताले मतदान गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

कर्णालीबाट दलित, महिला र अन्य तर्फ गरि ३ पदका लागि गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका कृष्णबहादुर रोकाया (रुकुम पश्चिम) अन्य, नेकपा माओवादीका विष्णु बहादुर विक (कालिकोट) दलित र एकीकृत समाजवादीकी सावित्री मल्ल (दैलेख) उम्मेदवार छन्।

एमालेबाट महिलातर्फ हुम्लाकी विमलाकुमारी शाही, अन्यबाट मुगुका डिल्लीप्रसाद भट्ट र दलित कोटाबाट दैलेखका हिक्मत विक उम्मेदवार छन्।

सत्तारुढ गठबन्धनको पक्षमा तीन हजार ६६९ मतभार संख्या छ भने एमालेको मतभार संख्या एक हजार १९५ छ।
यस्तो परिस्थितिमा गठबन्धनमा सहभागी दलका मतदाताले आफ्नो मत पार्टीको निर्देशन बमोजिम दिएको खण्डमा गठबन्धनका उम्मेदवारहरु झण्डै २२ सय मतभारको अन्तरले विजयी हुने निश्चित छ।

प्रकाशित मिति: बिहीबार, माघ ११, २०८०  १४:५६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update