हिमाल दैनिक
गठबन्धनलाई चक्मा दिँदै कोशीबाट एमालेकी कोइराला विजयी

कोेशी प्रदेशबाट सत्ता गठबन्धनकी साझा उम्मेदवारलाई पराजित गर्दै नेकपा एमालेकी उम्मेदवार रुक्मिणी कोइराला राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएकी छिन्।

आजै सम्पन्न राष्ट्रिय सभा सदस्यको निर्वाचनमा एक महिला सदस्यका लागि भएको निर्वाचनमा सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी चम्पादेवी कार्कीलाई करिब एक सयको मतभारले पराजित गर्दै एमाले उम्मेदवार कोइराला विजयी भएकी हुन्।

गठबन्धन दलको साझा उम्मेदवारविरुद्ध राप्रपासँग अन्तिम क्षणमा चुनावी तालमेल गरेको एमालेकी उम्मेदवार कोइरालाले प्रदेश सभामा गठबन्धनकै ३ मत आफ्नो पोल्टामा पार्न सफल भएपछि प्रदेश सभातर्फ कार्कीभन्दा ५ मत अर्थात २६५ मतभारले अग्रता लिएकी थिइन्।

उनले आज भएको मतदानमा ५ हजार ८६ मत प्राप्त गरी विजयी हुँदा कार्कीले जम्मा ४ हजार ९ सय ९२ मत पाएपछि उनी पराजित भइन्।

कोशी प्रदेशमा गठबन्धनको मतभार समग्रमा एमाले र राप्रपाको भन्दा ८ सय १३ मत बढि रहेको भएपनि परिणाम एमालेको पोल्टामा पुगेको छ।

प्रकाशित मिति: बिहीबार, माघ ११, २०८०  १७:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update