हिमाल दैनिक
मधेस प्रदेशबाट राष्ट्रियसभा सदस्यमा ढुङ्गाना र चौधरी निर्वाचित
बिहीबार राष्ट्रियसभा सदस्यको निर्वाचनमा विजयी भएपछि प्रमाणपत्र ग्रहण गर्दै अन्य (खुला) समूहबाट नेपाली काँग्रेसका नेता आनन्दप्रसाद ढुङ्गाना र महिला समूहबाट जनता समाजवादी पार्टी ९जसपा० नेत्री पूजा चौधरी । तस्बिरः चन्दन ठाकुर/रासस

राष्ट्रियसभा सदस्य निर्वाचन २०८० अन्तर्गत मधेस प्रदेशबाट दुई पदका लागि भएको निर्वाचनमा सत्ता गठबन्धनतर्फका दुवै उम्मेदवार विजयी हुनुभएको छ ।

    आज साढे ४ बजे सम्पन्न मतपरिणामअनुसार अन्य ९खुला० समूहबाट नेपाली कांग्रेसका उम्मेदवार आनन्दप्रसाद ढुङ्गाना र महिला समूहबाट जनता समाजवादी पार्टी ९जसपा० का उम्मेदवार पूजा चौधरी निर्वाचित हुनुभएको हो ।

    निर्वाचन अधिकृत चित्रबहादुर गुरुङले ढुङ्गानाले प्रदेशसभाबाट ६७ र पालिकाबाट दुई सय एक मत प्राप्त गर्नुभयो । प्रदेशसभा सदस्यको मतभार ५३ का आधारमा तीन हजार पाँच ५१ र पालिकाको १९ का आधारमा तीन हजार आठ १९ गरी ढुङ्गानाले जम्मा सात हजार तीन ७० मत प्राप्त गर्नुभयो ।

    त्यसैगरी, चौधरीले प्रदेशसभाबाट ७६ र पालिकाबाट दुई सय पाँच मत गरी जम्मा सात हजार नौ सय २३ मतभार प्राप्त गर्नुभयो ।

    नेकपा ९एमाले० बाट खुलातर्फका उम्मेदवार कुमारी विजेता झाले प्रदेशसभाबाट २५ र पालिकाबाट ६१ गरी दुई हजार चार सय ८४, जनमत पार्टीका रामशङ्कर महासेठले प्रदेशसभाबाट १४ र पालिकाबाट चार गरी आठ सय १८ मतभार प्राप्त गर्नुभयो ।

    त्यसैगरी, महिला समूहतर्फ एमाले उम्मेदवार उषादेवी थरुनीले प्रदेशसभाबाट २५ र पालिकाबाट ५९ गरी दुई हजार चार सय ४६ मतभार प्राप्त गर्नुभयो ।

    यहाँ अन्यतर्फ पालिकामा एक मत र महिला समूहमा प्रदेशसभाका पाँच तथा पालिकाका दुई गरी आठ मत बदर भएका छन् ।

    बिहान ९ देखि ३ बजेसम्म भएको निर्वाचनमा निर्वाचक मण्डलका तीन सय ७४ मतदातामध्ये तीन सय ७३ जनाले मतदान गरे पनि मतपेटिकामा तीन सय ७२ मातमात्र फेला परेका निर्वाचन अधिकृत गुरुङले जानकारी दिनुभयो ।

    यहाँ जनकपुरधाम उपमहानगरपालिका–४ स्थित महेन्द्र नारायण निधि संस्कृति केन्द्रमा मतदान र मतगणनाको व्यवस्था गरिएको थियो । विजयी उम्मेदवारलाई निर्वाचन अधिकृतले आजै  प्रमाणपत्रसमेत वितरण गर्नुभएको छ ।

प्रकाशित मिति: बिहीबार, माघ ११, २०८०  १७:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update