हिमाल दैनिक
कांग्रेस महासमिति बैठक गोदावरीमा सुरु

नेपाली कांग्रेसको महासमिति बैठक ललितपुरको गोदावरीमा सुरु भएको छ।

कांग्रेस केन्द्रीय समितिको असोज ८ गतेको निर्णय बमोजिम गोदावरीस्थित सभाहलमा आजदेखि सुरु हुन लागेको महासमिति बैठकको उद्घाटन पार्टी सभापति शेरबहादुर देउवाले गरे।

अपरान्ह १ बजे सुरु हुने भनिएपछि झण्डै डेढघण्टा ढिलोगरी सुरु भएको महासमिति बैठकको पहिलो दिनको उद्घाटन कार्यक्रममा सभापति देउवाले पार्टीका संस्थापक नेता बीपी कोइराला, सुवर्ण शम्शेर, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई लगायतका नेताहरुको तस्विरमा माल्यार्पण गर्दै कार्यक्रमको उद्घाटन गरे।

अहिले उक्त कार्यक्रममा स्वागत मन्तव्य दिने क्रम सुरु भएको छ।

महासमिति बैठकमा छलफलका लागि पेश गर्न लागिएको पार्टीको नीति, राजनीतिक, सांगठनिक प्रतिवेदनमाथि छलफल गर्न फागुन ४ गते सम्पन्न केन्द्रीय कार्यसमिति बैठकले परिमार्जनसहित पारित गरेका प्रतिवेदनका कतिपय विषयमा सभापति र महामन्त्रीहरुबीच मतान्तर हुनपुग्दा अहिलेसम्म पनि महासमिति सदस्यहरुले भोलिदेखि छलफलका लागि पेश हुने प्रस्ताव प्राप्त गर्न सकिरहेका छैनन्।

 

प्रकाशित मिति: सोमबार, फागुन ७, २०८०  १४:३६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update