हिमाल दैनिक
कागबेनी मन्दिरमा प्रभु बैंकको क्युआर सेवा उपलब्ध

प्रभु बैंक लि.ले मुस्ताङको कागबेनीस्थित प्रसिद्ध धार्मिकस्थल कागबेनी मन्दिर श्राद्धस्थल व्यवस्थापन समितिलाई विद्युतीय भुक्तानी प्रविधि ‘क्युआर स्ट्याण्ड’ उपलब्ध गराएको छ।

प्रभु बैंकले जारी गरेको प्रेस विज्ञप्ति अनुसार, मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ स्थित प्रसिद्ध धार्मिकस्थल कागबेनी मन्दिरमा विभिन्न चाडपर्वहरुमा तिर्थाटनका लागि जाने भक्तजनहरुको सुविधाका लागि नगदरहित भुक्तानी सेवा उपलब्ध गराउन व्यवस्थापन समितिलाई क्युआर स्ट्याण्ड उपलब्ध गराएको हो।

बहुचर्चित धार्मिकस्थल कागबेनीमा बिशेषगरी बडादसैँ र चैतेदसैँ अघिको सोह्रश्राद्घ तथा औँसी तिथिमा दिवंगत आफन्तजनहरुको नाममा पिण्डदान र तर्पणका लागि वर्षेनी नेपाल र भारतबाट हजारौँको संख्यामा भक्तजनहरु जाने गर्दछन्।

यसरी तिर्थाटनका लागि जाने भक्तजनहरुले मन्दिरमा चढाउँने नगद दान, दक्षिणाको सट्टा नगदरहित भुक्तानी प्रणालीमार्फत गराउने उद्देश्यले मन्दिर व्यवस्थापन समितिलाई बैंकले यो सुविधा उपलब्ध गराएको बताइएको छ।

हिमाल पारिको जिल्लाका रुपमा परिचित मुस्ताङ्गका विभिन्न गाउँपालिकाहरुमा ७ वटा मात्र शाखा कार्यालयमार्फत सम्पूर्ण बैँकिङ्ग सेवा उपलब्ध गराईरहेको प्रभु बैँक, मुस्ताङ्ग जिल्लाको वित्तिय पहुँचका लागि सारथी बन्ने गरेको मुस्ताङ्गबासीहरु बताउँछन्।

मुस्ताङ्ग जिल्लाको समुन्नत आर्थिक विकास तथा समृद्धिका लागि प्रभु बैँकले वित्तिय सेवा मात्र नभएर वित्तिय सचेतना तथा समाजिक उत्तरदायित्व निर्वाहमा समेत विशेष ध्यान दिएको प्रभु बैँकको गण्डकी प्रदेश कार्यालयले जनाएको छ।

प्रभु बैंकका नेपालभर ३०१ शाखा कार्यालयहरु, २८५ एटीएम साथै ७० एक्सटेन्सन काउन्टर मार्पmत करिब ३१ लाख भन्दा बढि ग्राहकहरुलाई ‘बिश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मुल नाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैंकले अत्याधुनिक प्रविधि मार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ।

 

प्रकाशित मिति: मंगलबार, चैत २७, २०८०  १५:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update