हिमाल दैनिक
बझाङ उपनिर्वाचन अपडेटः एमालेका भण्डारीले बढाए मतकाे अन्तर

बझाङ (प्रदेशसभा (क) मा भएको प्रदेशसभा सदस्य निर्वाचनको जारी मतगणनामा नेपाल कम्युनिष्ट पार्टी एमालेका उम्मेदवार दमनबहादुर भण्डारीले अग्रता लिएका छन्।

शनिबार सम्पन्न निर्वाचनको जारी मतगणनमा कडा प्रतिस्पर्धामा देखिएका एमाले उम्मेदवार भण्डारी र नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहबीच कहिले भण्डारी झिनो मतअन्तरले अघि त कहिले सिंह अगाडि हुँदै आएकोमा पछिल्लो समय सोमबार अपरान्ह १२ बजेपछि एमाले उम्मेदवार भण्डारीले अन्तरलाई केही बढाएर अग्रता लिएका छन्।

पछिल्लो मत परिणाम अनुसार, एमाले उम्मेदवार भण्डारीले ११ हजार एक सय २ मतका साथ अग्रता लिएका छन् भने उनलाई कांग्रेसका सिंहले १० हजार ७ सय ६१ मतका साथ पछ्याइरहेका छन्।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार अब साइपाल गाउँपालिकाको मत गणना गर्न बाँकी रहेको छ।

यसैगरी अहिलेसम्म माओवादी केन्द्रका जनकबहादुर बुढाले ३ हजार ७ सय ९७ मतका साथ तेस्रो स्थानमा छन् भने नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंह २५ सय १० मतका साथ चौथो स्थानमा छन्।

 

प्रकाशित मिति: सोमबार, वैशाख १७, २०८१  १३:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update