हिमाल दैनिक
प्रतिनिधिसभाः बैठक सुरु हुनासाथ विपक्षीको विरोध
संघीय संसद भवन नयाँ बानेश्वरमा शुक्रबार सङ्घीय संसद बर्षे अधिवेशनअन्तर्गत बसेको प्रतिनिधिसभा बैठक । तस्बिरः रत्न श्रेष्ठ/रासस

सङ्घीय संसद् बर्खे अधिवेशनअन्तर्गत प्रतिनिधिसभाको आजको बैठक निर्धारित समयभन्दा एक घन्टा ढिलो सुरु भएको छ ।

    प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसलगायत दलले सहकारी अनियमिताका विषयमा उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेसमेत जोडिएको भन्दै संसदीय छानबिन समिति गठन नगरेसम्म चल्न नदिने अडान राखेपछि बैठक सुरु हुन विलम्ब भएको हो । उक्त विवादको झलक बैठकमा व्यक्त भएको छ ।

    बैठकको सुरुमा सभामुख देवराज घिमिरेले सदन आह्वानसम्बन्धी राष्ट्रपतिको कार्यालयको पत्रको व्यहोरा पढेर सुनाउनुभएको थियो । उहाँले आजका समस्या र समाधानका लागि जिम्मेवार भई जनताका मुद्धामा केन्द्रित भई प्रस्तुत हुनुपर्नेमा जोड दिनुभयो । उहाँले सदनमा उठेका मुद्धाको समयमा सुनुवाइका लागि सरकारले दायित्व निर्वाह गर्नुपर्ने बताउनुभयो ।
    
    सभामुख घिमिरेले उपनिर्वाचनबाट निर्वाचित सुहाङ नेम्वाङ र समानुपातिक तर्फका जनता समाजवादी पार्टीका सांसद हसिना खातुनलाई बैठकमा स्वागत गर्नुभयो ।

प्रकाशित मिति: शुक्रबार, वैशाख २८, २०८१  १६:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update