हिमाल दैनिक
‘दृष्टिविहिन’ फरक क्षमता भएका नागरिकका लागि राज्य खोईः सांसद न्यौपाने

नेपाली कांग्रेसकी नेतृ एवं सांसद ईश्वरी न्यौपानेले वर्तमान सरकार दृष्टिविहिन र फरक क्षमता भएका नागरिकहरुको नभएको दाबी गरेकी छिन्।

प्रतिनिधि सभाको बिहिबारको बैठकको सून्य समयमा बोल्दै सांसद न्यौपानले दृष्टिविहिन महिला शिक्षिका संगीता पराजुलीको विषयमा चर्चा गर्दै राज्यले फरक क्षमता भएका नागरिकहरुप्रति जिम्मेवार अविभावकीय भूमिका निर्वाह गर्न नसेको भन्दै यस्रप्रति सरकार र सम्बन्धित मन्त्रालयको ध्यानाकर्षण गराइन्।

‘दृष्टि बिहिन शिक्षकका लागि राज्य रहेनछ। तर, आशा मारेको छैन। मेरो बिषयमा निर्णय गर्न सक्ने जिम्मेवार ब्यक्तित्वहरु मलाई खटाइएको स्थानमा आफ्ना दुबै आँखा चिम्लेर पुग्गुहोस्,’ भन्दै सांसद न्यौपानले भनिन्, ‘यो भनाई हो जन्म जात दृष्टीबिहिन अति अशक्त  महिला शिक्षिका संगिता पराजुलीको।’

पराजुलीको भनाई उल्लेख गर्दै उनले भनिन्, ‘नियुक्तिको दुई महिनासम्म स्कुलले हाजिरी गराएन, परिचित भुगोल वा अलि सुगमको स्कुलमा पढाउन पाउँ भनेर अनुरोध गर्दा अझ दुर्गममा पठाईदिदा अशक्तताको कारण लडेर हात भाँचियो। शल्यक्रिया र दुई महिना बिस्ताराको बसाइ भयो। लिखित निबेदन दिँदा सुनुवाई भएन। माईतीघर मण्डलामा चारदिनदेखि पूर्ण दृष्टीबिहिन यी  शिक्षिका यस्तो संवेदनशील विषयमा राज्यलाई गुहारीरहेकी छिन।’

न्यौपानले संगिता मात्र नभई यस्तो प्रकृतिको भोगाइ भोग्ने  हरेक नागरिकप्रति  सम्बन्धीत मन्त्रालय एवं यो सरकार जवाफदेही बन्न र उनीहरुको माग सम्बोधन गर्न पनि सभामुख मार्फत सरकारको ध्यानाकर्षण गराइन्।

त्यसैगरी नेपाली क्रिकेट खेलाडी सन्दिप लामिछानेले विश्वकप खेलमा सहभागी हुन जानका लागि भिसा माग्दा आयोजक देशले भिसा नदिएको तथा यसका लागि सरकारले पहल गर्ने क्रममा कमजोरी भएको विषयलाई लिएर उत्पन्न नकारात्मक टिप्पणीहरुले दुबै देशलाई असर परेको भन्दै यसबारे बास्तविकता प्रष्ट्याउन सरकारसँग माग गरिन्।

 

प्रकाशित मिति: बिहीबार, जेठ २४, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update