हिमाल दैनिक
कोशी प्रदेश योजना आयोगको गाडीमा विद्यार्थीले लगाए आगो, विराटनगरमा तनाव

बिगत केहि दिनदेखि आन्दोलनरत विद्यार्थीको आक्रोशित समूहले विराटनगरमा एउटा सरकारी गाडीमा आगजनी गरेको छ।

आइतबार बिहान महेन्द्र मोरङ बहुमुखी क्याम्पस छेउमा विद्यार्थीको समूहले को–१ झ ६४४ नम्बरको कोशी प्रदेश योजना आयोगको स्कारपियो गाडीमा तोडफोड गर्दै आगजनी गरेका हुन्।

आगजनीका कारण गाडीको अघिल्लो भागमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।  त्यस्तै उनीहरुले बा १ ञ २४१९ नंवरको सार्वजनिक संस्थानको गाडीमा तोडफोड समेत गरेका छन्।

शुक्रवार मोरङको रंगेली नगरपालिकाका नगर रक्षकलाई कुटपिट गरेको आरोपमा प्रहरीले ६ विद्यार्थी  पक्राउ गरेको थियो।

पक्राउ परेको समूहले नगरपालिकाका कार्यवाहक प्रमुख एवं रंगेली–८ का वडाध्यक्ष ढकप्रसाद आचार्य र प्रमुख प्रशासकीय अधिकृत ओमकारप्रसाद न्यौपानेमाथि पनि दुर्व्यवहार गरेको प्रहरीले दाबी गरेको छ।

पक्राउ परेका विधार्थी विरुद्ध अभद्र व्यवहार मुद्दा चलाइ पाँच दिन म्याद थप भएको छ। आन्दोलन रत विधार्थीहरुले पक्राउ परेका सबै रिहा हुनुपर्ने माग राख्दै विरोधमा उत्रिँदै आगजनी र तोडफोड गरेको बताइएको छ।

 

प्रकाशित मिति: आइतबार, जेठ २७, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update