Tihar Banner
Tihar Banner
हिमाल दैनिक
रौतहटको राजदेवीस्थित पासवान टोलमा आगलागी, २ दर्जन फुसको घर जलेर नष्ट

रौतहटको राजदेवी नगरपालिका वडा नम्वर ५ स्थित पासवान टोलमा आगलागी हुँदा २० भन्दाबढि फुसको घर जलेको छ।

स्थानिय बाबुलाल हजराको घरमा विद्युत सर्ट हुँदा सल्किएको आगो फैलिँदा उनको घर वरपरका अन्य घरमा समेत आगो फैलिएर क्षति पुराएको हो।

आगलागी भएको खवर पाउन साथ प्रहरी चौकी ब्रम्ह्पुरी, सशस्त्र प्रहरीको विओपी बेलविछवा र गौर नगरपालिकाको बारुण यन्त्र घटना स्थल पुगेको थियो। आगो मध्यराति लागेका कारण क्षति बढी भएको प्रहरीले अनुमान गरेको छ।

घरमा राती सुतेको बेलामा आगोलागि भएकाले सर सामान निकाल्न नपाएको प्रहरीले बताएको छ।

आगलागीका कारण मानवीय क्षति नभए पनि लता कपड़ा, अन्नपात लगायत घरमा रहेको श्रीसम्पत्ति जलेर नष्ट भएको प्रहरीले जनाएको छ।

उक्त घटनाको क्षतिबारे पूर्ण विवरण आउन बाँकी नै छ।

aaglagi pachhi victims1735547306.JPG

Monday, Dec 30