हिमाल दैनिक
अमेरिकाबाट चार्टड प्लेनमार्फत फर्काइएका ८ नेपाली प्रहरी अनुसन्धानको घेरामा

अवैध रूपमा अमेरिकामा बसोबास गर्दै आएका केही नेपालीलाई अमेरिकाले नेपाल फर्काएको छ।

बुधबार अमेरिकाको बिमानमार्फत उनीहरुलाई नेपाल फर्काइएको हो। जसमा १ महिला र ७ पुरुष रहेका छन्।

नेपाल फर्काइपछि उनीहरुलाई अध्यागमनले त्रिभुवन बिमानस्थलबाटै नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान व्यूरोलाई जिम्मा लगाएको छ।

यसका अतिरिक्त थप एक जना नेपालीलाई नियमित उडानबाट नेपाल उत्रिएलगत्तै प्रहरी अनुसन्धानको प्रक्रियामा राखिएको छ।

अवैध रूपमा बस्दै आएका नागरिकलाई निष्कासन गर्ने अमेरिकाको नयाँ नीतिका कारण पछिल्लो डेढ महिनामा ३६ जना नेपालीहरु निस्कासनमा परेको समाचार आइरहेको छ।

उनीहरुलाई नयाँ राष्ट्रपति डोनाल्ड ट्रम्पले अपनाएको नयाँ नीतिका आधारमा निस्कासन गरिएको हो अथवा अमेरिकामा रहँदा यसअघिकै समयमा उनीहरुले गरेको गैरकानूनी गतिविधिका कारण सजाय स्वरुप नियमित प्रक्रियामा निस्कासन गरिएको हो भन्नेबारे कुनै स्पष्ट जानकारी अहिलेसम्म आएको छैन। 

Wednesday, Mar 05