हिमाल दैनिक
पत्रकार पाठकको पक्राउ पुर्जीविरुद्ध उच्च अदालत पाटनले जारी गर्यो अल्पकालीन आदेश

उच्च अदालत पाटनले पत्रकार दिलभुषण पाठकको पक्राउ पुर्जीबारे अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। 

हिल्टन होटल खरिदबारे तथ्यहिन समाचार प्रकाशित गर्दै आफ्नो चरित्र हत्या गर्ने कार्य गरेको आरोपमा कांग्रेस सभापति शेरबहादुर देउवाका पुत्र जयवीरसिंह देउवाले दिएको उजुरी पश्चात नेपाल प्रहरीलको साइबर व्युरोले जेठ २७ गते पत्रकार पाठकविरुद्ध पक्राउ पुर्जी जारी गर्न अनुमति लिएपछि फरार रहेका पाठकलाई तत्काल पक्राउ नगर्न उच्च अदालतले आदेश दिएको हो।

पाठकको पक्षबाट जिल्ला अदालत काठमाडौंको पक्राउ पुर्जी आदेशविरुद्ध परेको निवेदनमाथि सोमबार भएको सुनुवाईमा उच्च अदालतका न्यायाधीश ऋषिराज राजभण्डारीको एकल इजलासले अल्पकालीन आदेश जारी गर्दै दुबै पक्षलाई यसबारे छलफलका लागि बोलाएको छ।

प्रकाशित मिति: सोमबार, असार २, २०८२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update