राष्ट्रिय मानवअधिकार आयोगले रवि लामिछानेलाई राखिएको रुपन्देही कारागारको अनुगमन गरेको छ।
सोमबार आयोगकी सदस्य लीली थापा नेतृत्वको टोलीले रुपन्देही कारागारको अनुगमन गर्दै सहकारीको बचत ठगी तथा संगठित अपराध लगायतका मुद्दाको पुर्पपक्षमा थुनामा रहेका लामिछानेलाई न्यूनतम सुविधा समेत नदिइएको प्रतिक्रिया दिइन्।
अनुगमनका क्रममा लामिछानेलाई राखिएको कोठामा दुई वटा मात्रै पंखा रहेको पाइएको थापाले जानकारी दिँदै कोठामा एसी नरहेको र झ्याल समेत प्लाई उडले टालेर बन्द गरिएको बताएन्।
थापाले लामिछानेलाई स्थानान्तरणका लागि अदालतको अनुमति प्राप्त हुँदा पनि रुपन्देही कारागारमा नै राखेको प्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको प्रतिक्रिया पनि दिइन्।
थापाले रुपन्देही कारागारमा क्षमता भन्दा बढि कैदिबन्दि राखिएको, बन्दिहरुलाई न्युनतम सुविधा पनि नदिएको पाइएको समेत जानकारी दिइन्।
सहकारी ठगि अभियोगमा रुपन्देही कारागारमा पुर्पक्षकोलागि थुनामा रहेका लामिछानेलाई कारागार प्रशासनले प्रदान गरेको सुविधाप्रति बिभिन्न टिका टिप्पणी सार्वजनिक भएपछि आयोगले स्थलगत अनुगमन गरेको हो।
अनुगमनको क्रममा आयोगको टोलीले कारागार प्रशासनका अतिरिक्त लामिछानेसंग पनि छलफल गरेको थियो।