
नेपलाको दुई दिने औपचारिक भ्रमणमा काठमाडौं आइपुगेका भारतीय विदेश सचिव विक्रम मिस्रीले सत्तारुढ नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेटवार्ता गरेका छन्।
परराष्ट्र सचिव अमृतबहादुर राईको निमन्त्रणमा नेपाल भ्रमणमा आएका भारतीय विदेश सचिव मिस्रीले आइतबार अपरान्ह सभापति देउवाको निजी निवास बुढानिलकण्ठमा शिष्टाचार भेटवार्ता गरेका हुन्।
भारतीय विदेश सचिव मिस्रीसँगको आफूले दुई देशबिचको आपसी मित्रता सुदृढ गर्दै बहुआयमिक विषयमा छलफल गरेको सभापति देउवाले आफनो सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन्।
साथै दुई देशको सम्बन्धलाई अझ मजदबूद र प्रगाढ बनाउन दुबै देशबिचको सदभाव र चाहनालाई एक आपसमा के कसरी बलियो बनाउन र दुबै देशको संमृद्धी, उन्नतीसँगै यस क्षेत्रमा स्थायित्व कायम गराउने सवालमा सौहाद्रपूर्ण छलफल भएको बताएका छन्।
सचिव राईको निमन्त्रणमा नेपाल आएलगत्तै भारतीय विदेश सचिव मिस्रीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेटवार्ता गर्दै उनलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तर्फबाट पठाइएको भारतको औपचारिक भ्रमणको निमन्त्रणा पत्र हस्तान्तरण गरेका थिए।
त्यसपछि उनले आजै राष्ट्रपति कार्यालयमा पुगरे राष्ट्रपति रामचन्द्र पौडेलसँग पनि शिष्टाचार भेटवार्ता गरेका थिए।
भारतीय विदेश सचिवले नेपाल भ्रमण सकेर सोमबार स्वदेश फर्कनु अघि नेपालका सरकारी अधिकारीहरुसँग दुई देशबिचको आपसी सहयोग आदानप्रदान लगायत समसामयिक विषयमा छलफल गर्ने तयारी रहेको छ।