हिमाल दैनिक
उखुमा उपलब्ध गराउँदै आएको अनुदान कटौती गरेर किसानलाई थप पिडा नदिन सरकारसँग सांसद चौधरीको आग्रह

नेपाली कांग्रेसका सांसद एवं प्रतिष्ठित उद्योग व्यवसायी विनोद चौधरीले उखु किसानलाई उपलब्ध गराउँदै आएको अनुदान कटौती नगर्न सरकारसँग आग्रह गरेका छन्।

प्रतिनिधि सभाको बुधबारको बैठकमा सून्य समयमा बोल्दै कांग्रेस सांसद चौधरीले अर्थतन्त्रको महत्वपूर्ण मेरुदण्डका रुपमा रहेको कृषि त्यसमाथि कृषिको महत्वपूर्ण उत्पादन उखु खेती भएपनि विगत लामो समयदेखि उखु किसानहरु आफ्नो उत्पादनको उचित मूल्य पाउन नसक्दा निराश हुनु परेको गुनासो गरे।

उत्पादन लागतमा निरन्तरताको बृद्धिसँगै उखु खेतिका लागि अत्यावश्यक रसायनिक मलको अभावले थप मर्कामा पर्दै आएका किसान सरकारले उपलब्ध गराउँै आएको अनुदान कटौती नगर्न सरकारसँग आग्रह गरेका हुन्।

उखु र केरा बालीका लागि अन्य अन्नबालीको तुलनामा दोब्बर रसायनिक मलको आवश्यक पर्ने भएपनि किसानले यसको न्यूनतम आवश्यकता अनुरुपको मल समेत पाउन नसकिरहेको अवस्थामा सरकारले उनीहरुलाई उपलब्ध गराउँदै आएको अनुदान रकम प्रति क्विन्टल ७० रुपैयाँलाई आधा घटाएर अनुदान कटौती गर्नु भनेको उनीहरुलाई पिडा थप्नु बाहेक अरु केही नभएको दाबी गरे।

विगतमा सबैको पहलबाट उखु किसानलाई उपलब्ध गराउँदै आएको अनुदान रकम कटौती हुँदा अहिले उनीहरु आन्दोलित भएको र उनीहरुको आन्दोलन र विरोध स्वभाविक भएको भन्दै त्यसमा आफ्ना पनि समर्थन रहेकेो बताए।

आफ्नो निवार्चन क्षेत्र रहेको नवलपरासी लगायत देशका विभिन्न जिल्लाबाट राजधानीमा आन्दोलनका लागि आएका उखु किसानहरुको आनदोलनप्रति दृढ समर्थन जनाएका सांसद चौधरीले सरकारले दिदै आएको अनुदान कुनैपनि बहानामा कटौती गर्न नहुने सरकारलाई अनुरोध पनि गरे।

साथै उनले आन्दोलित किसानको मर्कालाई सम्बोधन गर्दै तत्काल अनुदान रकमका अतिरिक्त आवश्यक रसायनिक मल उपलब्ध गराई किसानको श्रमको उचित सम्मान गर्न पनि आग्रह गरे।

 

प्रकाशित मिति: बुधबार, भदौ १८, २०८२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update