हिमाल दैनिक
युवा संघको मोटरसाइकल र्याली रोक्न काठमाडौं जिल्ला प्रशासनले निकाल्यो यस्तो सूचना
file photo

नेकपा एमालेको भातृ संस्था राष्ट्रिय युवा संघ नेपालले असोज २५ गते शनिबार काठमाडौंमा मोटरसाइकल ¥याली आयोजना गर्ने घोषणा गरेलगत्तै जिल्ला प्रशासनले उक्त कार्यक्रममाथि रोक लगाएको छ। 

युवा संघका अध्यक्ष क्षितिज थेबेले देशभक्ति र राष्ट्रिय एकताको सन्देश दिने उद्देश्यले शनिबार मोटरसाइकल ¥याली आयोजना गरिएको सार्वजनिक जानकारी दिएका थिए।

राष्ट्रिय एकता, खरानीबाट समृद्धिको यात्रा र युवाको अग्रणी भूमिकाबारे सशक्त सन्देश दिनका लागि पनि ¥यालीको आयोजना गरिएको बताउँदै उनले देशमा निराशा पैदा भएको अवस्थामा देश बनाउनका लागि युवाहरु प्रतिवद्ध रहेको बताए।

तीनकुनेबाट सुरु हुने ¥याली बानेश्वर, त्रिपुरेश्वर, दरबारमार्ग, कमलपोखरी, ज्ञानेश्वर, एयरपोर्ट हुँदै पुनः तीनकुनेमै सम्पन्न हुने युवा संघले जनाएको छ।

युवा संघको कार्यक्रमबारे सामाजिक सञ्जाल र सञ्चारमाध्यममा समाचार प्रकाशित भएलगत्तै काठमाडौं जिल्ला प्रशासनले अत्यन्त सूचनाका नाममा प्रशाशित सूचनामार्फत कुनै पनि र्याली, जुलुश, धर्ना, सभा र प्रदर्शनमा रोक लगाएको बताएको हो।

558685505_10172842936380241_9167660981146912079_n1760087915.jpg

प्रमुख जिल्ला अधिकार ईश्वरराज पौडेलले जारी गरेको सूचनामा जेन–जी आन्दोलन पश्चात भएको तोडफोड, आगजनी तथा सार्वजनिक तथा निजी समपत्तिहरुमा भएको क्षतिका घटनाबारे स्मरण गराउँदै शान्ति सुरक्षाको स्थिति बनाइराख्न सार्वजनिक सम्पत्तिको संरक्षण गर्दै सेवा प्रवाह सूचारु गर्ने कार्य सुरु भएको बताएका छन्।

यसै सिलसिलामा असोज २५ गते शनिबार फरक फरक समूहहरुले काठमाडौं जिल्लाका विभिन्न स्थानहरुमा मोटरसाइकल र्याली तथा सभा गर्ने सूचना प्राप्त भएको भन्दै यस्ता गतिविधिहरुले सुरक्षा चनौती बढाउन सक्ने र आम नागरिकलाई सुरक्षाको प्रत्याभूति गराउने कार्यमा थप जटिलताको अवस्था हुन जाने भन्दै जिल्ला प्रशासन कार्यालयबाट कसैलाई पनि यस्ता कार्यक्रम गर्न स्वीकृति प्रदान नगर्ने निर्णय गरिएको बताइएको छ। 

साथै जिल्ला प्रशासन कार्यालयलेका पूर्व स्वीकृतिविना कुनै पनि प्रकारका कार्यक्रम गरिएमा स्थानीय प्रशासन ऐनको व्यवस्था बमोजिम कारबाही हुने सूचना दिइएको छ। 

 

प्रकाशित मिति: शुक्रबार, असोज २४, २०८२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update