
नेकपा माओवादी केन्द्रका नेता एवं पूर्व सभामुख कृष्णबहादुर महरा पक्राउ परेका छन्।
नेपाल प्रहरी प्रधान कार्यालयस्थित केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले जारी गरेको प्रेस विज्ञप्ति अनुसार, पूर्व सभामुख महरालाई बहुचर्चित इलेक्ट्रिक सिगरेट (भेप) आयातका नाममा भएको सुन तस्करी प्रकरणमा अनुसन्धानका लागि आइतबार पक्राउ गरिएको हो।
सीआइबीका सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक शिव कुमार श्रेष्ठका अनुसार, सुन बेचविखन गरी अपराधिक समूहल बनाई संगठित रुपमा आपराधिक लाभ लिएको आरोपमा महरालाई ललितपुर महानगरपालिका–२६, खुमलटारस्थित निवासबाट पक्राउ गरिएको हो।
सीआईबीका अनुसार, सुटकेसभित्र ७३ बट्टामा रहेको ७३० थान इलेक्ट्रिक सिगरेट ९भेप०मा भन्सार छलेर ८ करोड ५५ लाख २८ हजार तीन सय ७४ रुपैयाँ मूल्इ बराबरको सुनबाट आपराधिक लाभ लिएको आरोपमा उनलाई पक्राउ गरिएको हो।
सीआईबीको विज्ञप्ति अनुसार, २०७९ पुस १० गते फ्लाइ दुबईको उडान नम्बर एफजेढ ०५८७ बाट नेपाल आएका चिनिया नागरिक राहदानी बहाक लि हानसोङले ल्याएको दुई वटा सुटकेशमा ७३ वट्टामा ७३० थान भेप अवैध रुपमा ल्याउँदै गर्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भनसार कार्यालयले जवफ गरेकोमा कार्यालयका नायव सुब्बा रेवन्त खड्का समेतले आिफ्नो जिम्मा र संरक्षणमा रहेको सरकारी गोदामबाट छुटाएर आपराधिक कार्यमार्फत लाभ लिने क्रममा संलग्न भएको आरोप लगाइएको छ।
तत्कालीन अवस्थामा अर्थ मन्त्रीका रुपमा रहेका महराले उक्त अवैद्य सुन छुटाउन भन्सार अधिकारीलाई दबाब दिएको आरोपमा यसअघि पनि अनुसन्धानको दायराभित्र राखिएको थियो।
उनको स्वास्थ्यस्थितका कारण त्यतिबेला हाजिर जमानीमा छोडिएका महरालाई अहिले फेरि उक्त विवादित मुद्दाको विषयमा थुनामै राखेर अनुसन्धान गर्नु पर्ने भन्दै सीआईबीले पक्राउ गरेको हो।