
नेपाली कांग्रेसका सभापति शेरबहादुरले पार्टी उपसभापति पूर्णबहादुर खड्कालाई कार्यबाहक सभापतिको जिम्मेवारी दिएका छन्।
भदौ २३ गतेको नवयुवा (जेन–जी) आन्दोलनका क्रममा भएको दुर्घटना लगत्तै भोलिपल्ट आफ्नै निवासमा विभिन्न माध्यमबाट परिचालित भिडको आक्रमणबाट मरणासन्न अवस्थामा पुगेका सभापति देउवा र उनकी श्रीमती आरजु राणा देउवा पहिलो पटक पार्टी केन्द्रीय कार्यसमिति बैठकमा पहिलो पटक सार्वजनिक हुँदै बैठकलाई सम्बोधनका क्रममा यस्तो घोषणा गरेका हुन्।
सभापति देउवा दम्पत्तिमाथि भएको सांघातिक आक्रमणको निन्दा र भत्र्सना त परको कुरा शिघ्र स्वास्थ्यलाभको कामना समेत गर्न कञ्जुस्याँई गरेको पार्टी पदाधिकारी तथा कार्यसम्पादन समितिका कतिपय सदस्यहरुले उनलाई तत्काल नेतृत्वबाट हटाउने रणनीति अबलम्बन गर्दै महाधिवेशन प्रतिनिधिहरुको हस्ताक्षर संकलन गरिरहेकै बेला सभापति देउवाले पार्टी नेतृत्वको जिम्मेवारी उपसभापति खड्कालाई दिएको बताए।
केन्द्रीय कार्यसमितिमा सभापति शेरबहादुर देउवाद्वारा व्यक्त मन्तव्यको पूर्ण पाठः