हिमाल दैनिक
सन २०२५ मा एक्सपेङ्गको माध्यमबाट ६.६१ मिलियन टन कार्बन न्यूनीकरणमा महत्वपूर्ण योगदान

एक्सपेङ्गका विद्युतीय सवारीसाधनहरुको सञ्चालनबाट सन २०२५ मा दिगोपन र वातावरण संरक्षणको यात्रामा महत्वपूर्ण उपलब्धि हाँसिल भएको दावी गरिएको छ। 

एक्सपेङ्गका विद्युतीय सवारीसाधनहरूले विश्वव्यापी रूपमा करिब ६.६१ मिलियन मेट्रिक टन कार्बन उत्सर्जन न्यूनीकरणमा योगदान पुर्‍याएको अनुमान गरिएको उक्त कम्पनीको नेपालस्थित आधिकारिक विक्रेता सी.जी. मोटर्स कम्पनीले जनाएको छ।  

यस उपलब्धिमा एकसपेङ्ग नेपालसहित विभिन्न क्षेत्रीय साझेदारीहरूबाट प्राप्त सशक्त सहयोग, प्रतिबद्धता र बढ्दो अपनत्वको महत्वपूर्ण भूमिका रहेको छ। 

यो परिणाम जनवरीदेखि डिसेम्बर २०२५ सम्म डेलिभर गरिएका एक्सपेङ्ग विद्युतीय सवारीसाधनहरूको सम्पूर्ण जीवनचक्र—उत्पादनदेखि प्रयोग र पुनःप्रशोधनसम्म—लाई समेटेर गरिएको समग्र मूल्याङ्कनको प्रतिफल भएको नेपालको प्रतिष्ठित व्यापारिक समूह चौधरी ग्रुप अन्तरगतको सीजी मोटर्स कम्पनीले जनाएको हो।

उक्त कार्बन न्यूनीकरण करिब १० वर्षसम्म हुर्काइएका ११ करोड बिरुवाले अवशोषण गर्ने कार्बनको मात्रा बराबर रहेको छ, जसले विद्युतीय यातायातले विश्वव्यापी उत्सर्जन घटाउन खेल्ने अर्थपूर्ण भूमिकालाई स्पष्ट पार्दछ।

उन्नत विद्युतीय पावरट्रेन, इन्टेलिजेन्ट ऊर्जा व्यवस्थापन प्रणाली र निरन्तर नवप्रवर्तनको आधारमा विकसित एक्सपेङ्गका सवारीसाधनहरू फोसिल इन्धनमा निर्भरता घटाउँदै स्मार्ट, दक्ष तथा प्रिमियम ड्राइभिङ अनुभव प्रदान गर्न डिजाइन गरिएका छन्। सडकमा रहेको प्रत्येक एक्सपेङ्ग सवारी स्वच्छ हावा र दिगो यातायाततर्फको एक कदम हो। 

नेपालमा एक्सपेङ्गको विस्तारले वातावरणमैत्री मोबिलिटी समाधानप्रति उपभोक्ताहरूको बढ्दो सचेतना र स्वीकार्यतालाई प्रतिबिम्बित गर्दछ। स्वच्छ अटोमोटिभ भविष्यतर्फ अग्रसर हुँदै गरेको नेपाललाई ध्यानमा राख्दै, एक्सपेङ्गले उन्नत प्रविधि, सुरक्षा र नवप्रवर्तनमार्फत नेपालको भ्ख् रूपान्तरणमा निरन्तर सहयोग पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेको छ।

यो उपलब्धिले प्रत्येक एक्सपेङेग सवारी दीर्घकालीन वातावरणीय प्रगति र स्वच्छ मोबिलिटी निर्माणमा अर्थपूर्ण योगदान पुर्‍याइरहेको तथ्यलाई थप सुदृढ बनाउँछ।

 

प्रकाशित मिति: मंगलबार, पुस २९, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update