सीजी मोटर्स प्रा.लिले नेपालको अटोमोबाइल उद्योगमा नयाँ कीर्तिमान कायम गर्दै नेपालमा पहिलो पटक अन्तराष्ट्रिय विद्युतीय सवारीसाधन (इभी) ब्राण्डको ‘मेगा सेल्स एण्ड एक्सचेन्ज कार्निभल’को औपचारिक शुभारम्भ गरेका छ।
नेपालको प्रतिष्ठित व्यापारिक समूह चौधरी ग्रुप अन्तरगतको सीजी मोटर्स कम्पनीले जारी गरेको विज्ञप्ति अनुसार, सीजी मोटर्सले सातवटा विभिन्न अन्तर्राष्ट्रिय विद्युतीय सवारीसाधन इभी ब्राण्डका सवारी साधनहरुको मेगा सेल्स एण्ड एक्सचेन्ज कार्निभलको आयोजना गरेको हो।
माघ १५ गते बिहिबारदेखि काठमाडौंको एलिस रिसेप्सन, गैरीधारामा सुरु भएको उक्त कार्यक्रम यही माघ १८ गते आइतबारसम्म सञ्चालन हुने छ।
नेपालमा दिगो तथा वातावरणमैत्री यातायातको प्रवर्द्धनमा अग्रणी भूमिका खेल्दै आएको सीजी मोटर्सले आयोजना गरेको यो चार दिने मेगा कार्यक्रम ग्राहकहरूलाई वर्षकै सबैभन्दा ठूलो विद्युतीय सवारी खरिद अवसर प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रम आयोजक कम्पनी सीजीले बताएको छ।
यस कार्निभलमा अधिकतम रु १० लाखसम्म नगद छुट, आकर्षक एक्सचेन्ज अफर तथा परिवारमैत्री अनुभवहरू समावेश गरिएका छन्।
नेपालमा पहिलो पटक ७ फरक ब्रान्डहरू सहभागी भएको मेगा सेल्स एण्ड एक्सचेन्ज कार्निभल आयोजना हुनु विशेष आकर्षणको विषय बनेको छ।

यस कार्निभलमा विश्वप्रसिद्ध ब्रान्डहरूः स्मार्ट, एक्सपेइ्ग, आयोन, रिद्धारा, किङ्गलङ्ग, डायुन र नेटाका अत्याधुनिक विद्युतीय सवारीहरू एकै छानामुनि अवलोकन, एक्सचेन्ज तथा टेस्ट ड्राइभ गर्न सकिने व्यवस्था गरिएको छ।
कार्यक्रम दैनिक बिहान १० बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुनेछ।
साथै, पहिलो पटक सीजी मोटर्सले आफ्नो प्रिमियम ब्रान्ड स्मार्टलाई पनि विशेष रूपमा प्रदर्शनीमा राखेको छ, जसको एक्सक्लुसिभ टेस्ट ड्राइभ सुविधा उपलब्ध हुनेछ।
स्मार्ट ब्रान्ड गिली र मर्सेसिड–वेन्जबिचको रणनीतिक सहकार्यबाट विकास गरिएको विश्वप्रसिद्ध इलेक्ट्रिक मोबिलिटी ब्रान्ड हो, जसले अत्याधुनिक प्रविधि, लक्जरी डिजाइन र उत्कृष्ट प्रदर्शन प्रदान गर्दछ।
ग्राहकहरूलाई ईभी स्वामित्व अझ सहज र किफायती बनाउन सीजी मोटर्सले निम्न विशेष लाभहरू प्रदान गरिरहेको छः अधिकतम रु १० लाखसम्म नगद छुट, आधिकारिक एक्सचेन्ज हाउसबाट पुराना सवारीमा उत्कृष्ट मूल्याङ्कन, आकर्षक एक्सचेन्ज बोनस, विभिन्न बैंकमार्फत स्थलमै फाइनान्स तथा ऋण स्वीकृति सुविधा, एक वर्षको ब्गतयउगिक बीमा सुविधा, चालु आर्थिक वर्षको वार्षिक सडक कर निःशुल्क, निःशुल्क ईभी चार्जर पाउने छन्।
सवारी बिक्रीसँगै कार्निभललाई मनोरञ्जनात्मक र परिवारमैत्री बनाउन विभिन्न कार्यक्रमहरू पनि समावेश गरिएका छन्। सहभागीहरूले लक्की ड्र, प्रत्येक टेस्ट ड्राइभमा आकर्षक उपहार, बालबालिकाका लागि गेम जोन तथा स्वादिष्ट फुड अनुभवहरूको मजा लिन सक्नेछन्। यसले कार्निभललाई केवल बिक्री कार्यक्रम मात्र नभई पूर्ण जीवनशैली तथा सामुदायिक उत्सवको रूपमा स्थापित गरेको छ।
नेपाल दिगो र वातावरणमैत्री यातायाततर्फ तीव्र रूपमा अघि बढिरहेको सन्दर्भमा, सीजी मोटर्सले विश्वस्तरीय विद्युतीय सवारी, उत्कृष्ट बिक्रीपछिको सेवा तथा ग्राहक केन्द्रित समाधानमार्फत बजार नेतृत्व गर्दै आइरहेको छ।
इच्छुक ग्राहकहरूलाई कार्यक्रम अवधिभर एलिस रिसेप्सन, गैरीधारा मा उपस्थित भई यी सीमित समयका विशेष अफरहरूको लाभ लिन वा थप जानकारीका लागि ं९७७ ९८०(२३४३१९९ मा सम्पर्क गर्न अनुरोध गरिएको छ।



