हिमाल दैनिक
नवनिर्वाचित जेष्ठ सदस्य केसीले लिए सांसद पदको सपथ
Photo: Office of the President of Nepal

प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ लिएका छन्।

फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भएलगत्तै राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९१ तथा प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन २०७४ को दफा ७५ को प्रावधान बमोजिम नेपाली कांग्रेसको समानुपातिक निर्वाचन प्रणाली तर्फबाट निर्वाचित तथा नवनिर्वाचित सदस्यमध्ये सबैभन्दा जेष्ठ सदस्य केसीलाई बुधबार शीतल निवासमा आयोजित विशेष समारोहकाबीच प्रतिनिधि सभाका ज्येष्ठ सदस्यको रुपमा पद तथा गोपनीयताको शपथ दिलाएका हुन्।

समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानन्यायाधिश प्रकाशमानसिंह राउत, राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल लगाएत उच्च पदस्थ व्यक्तिहरुको उपस्थीति रहेको थियो।

गत भदौ २३ गतेको नवयुवाहरुको शान्तिपूर्ण सडक प्रदर्शनमा हिंसा भड्किएपछि त्यसको आडमा २४ गते भएको देशव्यापी विश्वंशले अकालमै मृत्युवरण गर्न पुगेको प्रतिनिधि सभालाई व्यूँताउने उद्देश्यले फागुन २१ गते आम निर्वाचनको मिति घोषणा भएको थियो।

निर्वाचन सम्पन्न गर्न गठित पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई संविधान बाहिरबाट राष्ट्रपति पौडेलले नियुक्ति गर्दै ६ महिनाभित्र निर्वाचन सम्पन्न गर्ने कार्यभार दिएकोमा फागुन २१ गते प्रतिनिधि सभाका १६५ प्रत्यक्ष र ११० समानुपातिक तर्फका गरी कुल १७५ सदस्यको निर्वाचन सम्पन्न भएको थियो।

जसमा कांग्रेसका तर्फबाट समानुपातिक तर्फ खस, आर्य कोटामा केसीको नाम निर्वाचित सदस्यका रुपमा पठाएपछि निर्वाचन आयोगले निर्वाचनको अन्तिम परिणाम सार्वजनिक गरेको थियो।

उमेर ७८ पुगिसकेका पुराना राजनीतिक खेलाडीका रुपमा परिचित केसी आजभन्दा ४४ वर्षअघि अर्थात २०३८ सालदेखि नै विघटित पञ्चायतको सदस्य र मन्त्रीका रुपमा क्रियाशील हुँदै ०४६ सालको परिवर्तन पश्चात कांग्रेसको राजनीतिमा सक्रिय बन्दै पटक पटक सांसद र मन्त्रीसम्म बन्न पुगेका थिए।

संविधान र निर्वाचन कानून बमोजिम जेष्ठ सदस्यको रुपमा पद तथा गोपनीयताको सपथ लिएका केसीले बिहिबार प्रतिनिधि सभामा नवनिर्वाचित २७४ सदस्यलाई पद तथा गोपनीयताको सपथ दिलाउने छन्। 

त्यसपछि प्रारम्भ हुने नयाँ संसद अधिवेशनका बैठकहरुमा सभामुखको रुपमा कार्यभार सम्हाल्दै संविधानको प्रावधान बमोजिम संसद अधिवेशन प्रारम्भ भएको १५ दिनभित्र नयाँ सभामुखको विधिवत निर्वाचन सम्पन्न गराउने छन्। 

प्रकाशित मिति: बुधबार, चैत ११, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update