हिमाल दैनिक
आयोन र एक्सपेङ्गको मेघा सेल्स तथा एक्सचेन्ज क्याम्प पोखराको अर्चलबोटमा हुँदै

आयोन र एक्सपेङ्गका विद्युतीय सवारी साधनहरुको राजधानीमा मेघा सेल्स तथा एक्सचेन्ज कार्निभल भव्यताकासाथ सम्पन्न गरेलगत्तै सीजी मोटर्स कम्पनीले आफ्नो कार्यक्रम देशको पर्यटकीय शहर पोखरामा पनि आयोजना गर्ने भएको छ। 

आयोन र एक्सपेङ्गका विद्युतीय सवारी साधनहरुको आधिकारिक वितरक सीजी मोटर्स कम्पनीले दिएको जाकारी अनुसार, आफ्नो ब्राण्डका यी सवारी साधानहरुको मेघा सेल्स तथा एक्सचेन्ज कार्निभल पोखरामा आयोजना गर्न लागेको हो।

उक्त कार्यक्रममार्फत ग्राहकहरुले विश्वप्रसिद्ध विद्युतीय सवारी ब्राण्ड आयोन र एक्सपेङ्गका मोडेलहरु नजिकबाट अनुभव गर्नका साथै विशेष छुट तथा सहुलियतको लाभमा खरिद गर्न र सट्टापट्टाको फाइदा लिन सक्ने कम्पनीले जनाएको छ। 

उक्त कार्यक्रममा आयोजन र एक्सपेङ्गका विद्युतीय सवारी साधनहरुमा आकर्षक बिक्री तथा एक्सचेन्ज अपरहरु उपलब्ध हुनेछन्, जसले प्रिमियम इभि खरिदलाई अझ सहज बनाउने छ। 

ग्राहकहरुले आकर्षक नगद छुट, अन–द–स्पट फाइनान्स सुविधा, एक वर्षको अटोप्लस विमा, एक्सचेन्ज बोनस, वाल–माउन्ट होम चार्जर तथा चालु आर्थिक वर्षको वार्षिक रोड ट्याक्स सुविधाको लाभ लिन सक्ने कम्पनीले बताएको छ।
साथै कार्यक्रम अवधिभर दैनिक लक्की ड्रको व्यवस्था पनि गरिने छ। 

यो एक्सचेन्ज क्याम्प चैत ११ देखि १४, २०८२ सम्म सीजी मोटर्स, अर्चलबोट, पोखरामा आयोजना हुनेछ। 

कार्यक्रममा सहभागी हुने आगन्तुकहरूले ग्राहक केन्द्रित वातावरणमा विशेष अफरहरू, टेस्ट ड्राइभ अवसरहरू तथा अपग्रेड अनुभव गर्न सक्नेछन्, जसले विद्युतीय सवारीतर्फको परिवर्तनलाई सरल र सहज बनाउने उद्देश्य राखेको छ।

कम्पनीले इच्छुक ग्राहकहरूलाई अर्चलबोट, पोखरामा आयोजना हुने मेघा सेल्स तथा एक्सचेन्ज क्याम्पमा उपस्थित भई सीमित अवधिका यी विशेष अफरहरूको लाभ लिन तथा विश्वस्त रूपमा आफ्नो सवारी अपग्रेड गर्ने अवसरको सदुपयोग गर्न अनुरोध गरेको छ।

 

 

प्रकाशित मिति: बुधबार, चैत ११, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update