हिमाल दैनिक
कांग्रेस संसदीय दलको नेतामा आङ्दम्बेलाई सर्वसम्मत घोषणा गर्ने तयारी

नेपाली कांग्रेस संसदीय दलको नेतामा पार्टी नेता एवं सांसद भिष्मराज आङ्दम्बेलाई तोक्ने तयारी पार्टीले गरेको छ। 

गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्यको निर्वाचनमा अनपेक्षित पराजय भोग्दै १८ प्रत्यक्ष र २० समानुपािितक तर्फगरी कुल ३८ सिटमा खुम्चिएपनि उपस्थितिको हिसाबले दोस्रो ठूलो दलका रुपमा रहेको कांग्रेसले संसदीय दलका सदस्यहरुको माझबाट पार्टी नेतृत्वले चाहेबमोजिम नेता चयन गर्न नसकेपछि पार्टीको केन्द्रीय कार्यसम्पादन समितिले गठन गरेको बेग्लै समितिले नेता चयनको प्रक्रिया टुंग्याउन लागेको हो।

यसअघि पार्टीेले गठन गरेको निर्वाचन समितिले अघि बढाएको निर्वाचन प्रक्रियामा भएको सहमतिको प्रयासले सार्थकता नपाएपछि दलको नेता चयनको प्रक्रिया निर्वाचन मार्फत गर्ने स्थिति बनेको थियो।

विशेष गरी पार्टी नेता अर्जुननरसिंह केसी, आङ्दम्बे र सांसद मोहन आचार्यले दलको नेतामा दावी गरेपछि चुनावी प्रक्रियाबाट आउनसक्ने अनपेक्षित परिणामलाई टार्न पार्टी नेतृत्वले अन्तिम समयमा हस्तक्षेप गर्दै उपसभापति विश्वप्रकाश शर्माको संयोजकत्वमा बेग्ले समिति बनाएको थियो।

शर्मा स्वयंको साथ र समर्थन केसी र अचार्य भन्दा आङ्दम्बेप्रति ज्यादा रहेको जानकारी सम्प्रेषण भइरहेकै बेला उनैको संयोजकत्वमा रहेको समितिको सुझाव बमोजिम कांग्रेसको सोमबार अपरान्ह बसेको कांग्रेसको कार्यसम्पादन समिति बैठकले दलको नेता चयनका लागि सर्वसम्मत आङ्दम्बेलाई गर्ने निर्णय गर्न लागेको हो।

यसका अतिरिक्त पार्टीले संसदीय दलको प्रमुख सचेतकमा बासना थापा र सचेतकमा निष्कल राईलाई तोक्ने तयारी भइरहेको जानकारी पार्टीका एक नेताले दिए।

पार्टीले दिएको निर्णय र निर्देशन बमोजिम कांग्रेसले दलको नेता लगायतका पदाधिकारी चयनको प्रक्रिया टुंग्याउँदै छ। 

प्रकाशित मिति: सोमबार, वैशाख १४, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update