हिमाल दैनिक
उद्योग व्यवसायी गोल्छालाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले पक्राउ गरी अनुसन्धानको प्रक्रियामा राखेका उद्यमी शेखर गोल्छालाई २४ घण्टाभित्र अदालत समक्ष उपस्थित गराउन सर्वोच्च अदालतले आदेश दिएको छ। 

विवादस्पद गतिविधिमा संलग्न भएको आरोपमा पक्राउ परेका दिपक भट्टको धितो पत्र कारोबारमा संलग्न रहेको आशंकामा सीआईबीले वैशाख १० गते पक्राउ गरी अनुसन्धानका लागि जिल्ला अदालतबाट सोमबार मात्रै दोस्रो पटक ३ दिनको म्याद थप गरी नियन्त्रणमा राखिएका गोल्छाको तर्फबाट परेको बन्दीप्रत्यक्षीकरणको रिट निवेदनमाथि मंगलबार सर्वोच्च अदालतका न्यायाधीश नृपभ्वज निरौलाको एकल इजलासले निजलाई अदालतसमक्ष उपस्थित गराउन आदेश दिएको हो।

नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्षसमेत रहेका गोल्छालाई प्रहरीको सीआईबीले नेपाल धितोपत्र बोर्डको कारोबारमा गैरकानूनी ढंगले संलग्न रहेको जाँचबुझ प्रतिवेदनमा देखिएको भन्दै बैशाख १० गते नक्सालबाट पक्राउ गरेको थियो।

यसअघि उक्त विषयमा विवादस्पद पात्रका रुपमा परिचित भट्टका अतिरिक्त शंकर ग्रुपका मालिक संचालकहरुलाई पनि पक्राउ गरि अनुसन्धानको प्रक्रिया अघि बढाएको थियो।

पछिल्लो समय सरकार र प्रहरीी अनुसन्धान कार्यालयबाट नेपालका प्रतिष्ठित उद्योग व्यवसायीहरुमाथि भएको धरपकडले उद्योग व्यवसायमा संलग्न अन्य व्यवसायीहरुलाई पनि त्रसिद बनाएको छ। 

प्रकाशित मिति: मंगलबार, वैशाख १५, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update