हिमाल दैनिक
शेखर कोइरालासमक्ष कांग्रेसीहरुको गुनासोः विशेष महाधिवेशनकै कारण पार्टीको यो हालत भयो

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले वागमती प्रदेश स्तरीय छलफलको आयोजना गरेका छन्।

पछिल्लो समय कांग्रेसभित्र उत्पन्न विशेष परिस्थितिका कारण तीन खेमामा विभाजित हुन पुगेको कांग्रेसका अपदस्त सभापति शेरबहादुर देउवा पक्षीय नेता पूर्णबहादुर खड्का लगायतका पूर्व पदाधिकारी तथा निवर्तमान सदस्य लगायतको दुई दिने बृहत छलफल सक्किएको भोलिपल्टै बिहिबार अर्का नेता शेखर कोइरालाले अलग्गै छलफलको आयोजना गरेका हुन्।

बालुवाटारस्थित ओपेरा होटलमा सम्पन्न छलफल कार्यक्रममा बागमती प्रदेशबाट प्रतिनिधित्व गर्ने पूर्वपदाधिकारी एवं पूर्व केन्द्रीय सदस्यहरु, जिल्ला सभापति र निर्वतमान तथा वर्तमान सांसद र बागमती प्रदेश सभा सदस्य, प्रदेश कार्यसमितिका पदाधिकारी एवं सदस्यहरु, लगायत अन्य महत्त्वपूर्ण नेताहरुको उपस्थितिमाझ पार्टीको आन्तरिक समस्याका अतिरिक्त समसामयिक राष्ट्रिय राजनीतिबारे छलफल गरेका थिए।

देश र पार्टीको पछिल्लो परिस्थितिलाई मध्यनजर गर्दै रणनीति तयार गर्ने उद्देश्यले सुझाव लिन छलफल आयोजना गरिएको कोइराला निकट स्रोतले बतायो।

छलफलमा सहभागी भएका नेताहरुले आसन्न १५औं महाधिवेशनका लागी क्रियाशिल सदस्यता नविकरण भैसकेको अवस्थामा पुनः अध्यावधिक गर्न नहुने अडान राखेका थिए।

उनीहरुले क्रियाशील सदस्यताको वितरण यसअघि नै करिब करिब गरिसकिएको र कतिपय जनसम्पर्क समितिमा १५औँ महाधिवेशनका लागि कार्यसमिति चयनसँगै महाधिवेशन प्रतिनिधिहरु समेत चयन भइसकेको अवस्थामा अहिले आएर सदस्यता अध्यावधिक व्यवहारीक नभएको उनिहरुको तर्क थियो। 

उनीहरुले विशेष महाधिवेशनकै कारण पार्टीमा एकता कायम हुन नसकेको मात्र होइन, निर्वाचनमा पार्टीले नमिठो पराजय व्यहोर्नु परेको तितो अनुभव सुनाए।

त्यसका बाबजूद निर्वाचन आयोग र सर्वोच्च अदालतबाट पार्टीको वैधानिकताबारे टुंगो लागिसकेको अवस्थामा पार्टी एक बनाएर लैजाने सम्पूर्ण जिम्मेवारी वर्तमान सभापति र नेतृत्वकै भएको बताए।

छलफलमा नेताहरु शशांक कोइराला, बलबहादुर केसी, धनराज गुरुङ, बद्री पाण्डे, जीवन परियार, एनपी साउद, दिपक गिरी, संजय गौतम, शिब हुमागाँई, राजिव कोइराला, टेकप्रसाद गुरुङ, उमेशजंग रायमाझी, गोविन्दराज पोख्रेल, किरण यादव, गणेश लामा, संघीय सांसदहरु चन्द्रमोहन यादव, उर्मिला थपलिया र गिता देवकोटा, कांग्रेस बागमती प्रदेश समिति महामन्त्री राजु श्रेष्ठ, सहमहामन्त्री जीवन डंगोल, सदस्यहरु( उपेन्द्र लम्साल, शान्ता क्षेत्री, होम चौलागाईं, नानू दाहाल, सुनिता काफ्ले, अस्मिन सिटौला, धादिङ सभापति रामनाथ अधिकारी, नुवाकोट सभापति रमेश महत, चितवन सभापति राजेश्वर खनाल, मकवानपुर उपसभापति धर्म लामिछाने, सिन्धुली सचिव ईश्वर बस्नेत, काठमाडौ महानगर सभापति निलकाजी शाक्य, बागमती प्रदेश सांसद रामकृष्ण चित्रकार र हरिप्रभा खड्गी, बागमती प्रदेश पुर्व सांसद नरोत्तम बैध्य र बिजुला बर्मा किर्तिपुरका मेयर कृष्णमान डंगोल, तरुण दल पुर्व केन्द्रीय सभापति बिनोद कायस्थ, नेता लोकेश ढकाल लगायत १ सय २३ जनाको सहभागीता रहेको थियोे।

 

प्रकाशित मिति: बिहीबार, वैशाख १७, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update