फिफा विश्वकप–२०२६ को आज बिहानदेखि सुरु भएको नकआउट चरणको पहिलो खेलमा आयोजक राष्ट्रमध्ये एक क्यानडाले प्रि–क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको छ।
लस एन्जलस स्टेडियममा भएको पहिलो खेलमा पहिलो पटक पुग्न सफल क्यानडा र साउथ अफ्रिकाबिच खेलको ९० मिनेटसम्म बराबरी गोलरहित अवस्था रहेको थियो।
त्यसपछि थपिएको ५ मिनेटको इन्जुरी टाइमको दोस्रो मिनेटमा क्यानडाका स्टेफेन एउस्ताकियोले नाटकीय प्रदर्शन गर्दै अफ्रिकाविरुद्ध एक गोल गर्न सफल भए। अफ्रिकाका डिफेन्टरले हेड गर्दै फर्काएको बल डिबक्स बाहिर रहेका एउस्ताकियोले प्रहार गर्दै पोष्टमा जाली छुन पुगेपछि क्यानडा प्रि–क्वाटरफाइनल खेलको राउण्ड अफ १६ मा स्थान सुरक्षित गर्ने पहिलो राष्ट्र बन्न पुगेको हो।
अब क्यानडाले क्वाटरफाइनलमा पुग्नका लागि अर्को समूहमा रहेका नेदरल्याण्ड्स र मोरक्कोबिचको खेलबाट आउने विजेतासँग भिड्ने छ।
यसैगरी सोमबार नेपाली समय अनुसार, राती १०ः४५ बजे पाँच पटक विश्व विजेता बनिसकेको ब्राजिल र एशियाबाट नकआउट चरणमा प्रवेश गरेको जापानबिच हुँदैछ।
उता मंगलबार बिहान सवेरै २ः१५ बजे जर्मनी र पराग्वेबिचको रोमाञ्चक खेल हुनेछ भने बिहान ६ः४५ बजे नेदरल्याण्ड र मोरक्कोबिच हुनेछ।



