फिफा विश्वकप–२०२६ को राउण्ड अफ १६ अन्तरगतको पहिलो खेलमा अफ्रिकन मुलुक मोरक्कोले सहआयोजक राष्ट्र क्यानडालाई पराजित गर्दै क्वाटरफाइनलमा पुग्ने पहिलो टिम बन्न सफल भएको छ।
शनिबार मध्यरातमा अमेरिकाको टेक्सास ह्युस्टनमा सम्पन्न खेलमा मोरक्कोले क्यानडालाई ३–० गोलअन्तरले पराजित गर्दै विश्वकप खेलको क्वाटरफाइनलमा लगातार दोस्रो पटक पुग्ने पहिलो अफ्रिकन राष्ट्र बन्न सफल भएको हो।
उता, तीन आयोजक राष्ट्रमध्ये क्वाटरफाइनलको यात्रा सुनिश्चित गर्ने लक्ष्यका साथ मैदानमा उत्रिएको क्यानडा मोरक्कोसँग सपराजित भएसँगै विश्वकप खेलबाट बाहिरिने पहिलो आयोजक राष्ट्र बनेको छ।
आक्रामक ढंगले मैदानमा उत्रिएको क्यानडाले खेलको सुरुवाती ११ मिनेटममा जोनाथन डेभिड र टानी ओलुवासेयीले बललाई पोष्टको जाली चुमाउने सुनौलो अवसर पाएपनि विपक्षी टिमका गोलरक्षक बोनोले उतकृष्ट बचाउ गरेका थिए।
पहिलो हाफको अधिकांश समय दबाब रहेको मोरक्कोले दोस्रो हाफको सुरुवातमै विपक्षी टोलीलाई दबाबमा राखन सफल भयो।
खेलको ५०औँ मिनेटमा अशरफ हाकिमीको फ्रिकिकमार्फत प्राप्त बललाई अजेदिन ओउनाहीले उत्कृष्ट प्रहार गर्दै गल गरेपनि मोरक्को लयमा फर्कियो।
त्यसपछि मोरक्कोले खेलमाथि नियन्त्रण कायम राख्दै ८२औँ मिनेटमा काउन्टर याट्याकमा ओउनाहीले व्यक्तिगत दोस्रो गोल मात्रै दर्ज गरेनन् कि आफ्नो टोलीको अग्रतालाई दोब्बर गराए।
इन्जुरी समयको अन्तिम क्षणमा सौफियान रहिमीले गोलरक्षक म्याक्सिम क्रेपोलाई छलाएर तेस्रो गोल थपेपछि मोरक्कोले क्यानडाििवरुद्ध सहज जित मात्रै निकालेन। उसले
विश्वकप खेलको क्वाटरफाइनलका लागि छनौट हुने ८ टिममध्ये पहिलो बन्न सफल भयो।
अब मोरक्कोले सेमिफाइनलको यात्रा सुनिश्चित गर्न क्वाटरफाइनलमा फ्रान्ससँग भिड्ने छ।



