हिमाल दैनिक
सभापति गुरुङ बिना मास्क बैठकमा उपस्थित भएपछि (भिडियो सहित)
jitendra-narayan-dev-dig
संसदीय समितिमा केहि सांसदले मास्क नलगाएपछि अर्का एक सांसदले मास्कको प्रयोग अनिवार्य गर्न समिति सभापतिको ध्यानाकर्षण गराएका छन् । सिंहदरबारमा बिहीबार बसेको राष्ट्रियसभा अन्तर्गतको बिद्यायन व्यवस्थापन समितिमा सांसद जितेन्द्र नारायण देवले समिति समितिभित्र बस्दा मास्क अनिवार्य गर्न सभापति परशुराम मेघी गुरुङको ध्यानाकर्षण गराएका हुन् । समितिमा रहेका बिधेयकहरुलाई कसरी अघि बढाउने भन्ने बिषयमा छलफल गर्न बिहीबार बैठक बोलाइएको थियो । https://www.youtube.com/watch?v=6KA_pXCpoMQ&feature=youtu.be बैठकमा सभापति गुरुङ, समिति सचिव लगाएत केहि सांसदहरु मास्कविना बैठकमा सहभागी भएका थिए । सांसद देवले संवैधानिक आयोग, अदालत, सिंहदरबार सचिवालय लगाएत कोरोनाबाट प्रभावित भएकाले समिति बैठक बस्दा सवैले मास्क लगाउनुपर्ने बताए । उनंले मास्कबिना बैठकमा नबस्न सुझाव पनि दिए । देवले बैठकबस्दा स्वास्थ्य सतर्कता अपनाइ बस्नुपर्ने बताए । यसअघि संघीय संसद सचिवालयले सांसदहरुलाई कोरोना संक्रमणबाट बँच्न पूर्व सर्तकर्ता अपनाउन सुझाएको थियो । बैठकले मंसिर महिनाभित्रै समितिमा रहेका बिधेयकहरुको छलफल सक्ने र त्यसका लागि बिज्ञहरुको पनि सुझाव लिने निर्णय गरेको छ ।
प्रकाशित मिति: बुधबार, साउन २८, २०७७  ००:००
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update