हैदराबादसँग हार्यो दिल्ली: जारी सिजन दिल्लीको पहिलो हार, हैदराबादको पहिलो जित

युएईमा जारी १३ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गतको मंगलबारको खेलमा सनराईजर्स हैदराबादले दिल्ली क्यापिटल्समाथि रोमाञ्चक जित निकालेको छ। शेख जायेद स्टेडियममा भएको खेलमा हैदराबादले प्रतियोगितामा पहिलो जित निकाल्ने क्रममा १५ रनको जित निकाल्यो।
टस हारेर ब्याटिङमा उत्रिएको हैदराबादले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १६२ रन बनाएको थियो।
हैदराबादका लागि जोन्नी बेयरस्टोले सर्वाधिक ५३ रन बनाउँदा त्यस्तै कप्तान डेभिड वार्नरले ४५ रन जोडे। त्यस्तै केन विलिमसनले ४१ रन बनाउँदा अब्दुल समद १३ रनमा अभिजित रहे।
उता कसिलो ब्याटिङ गरेको दिल्लीका लागि अमित मिश्रा र कागिसो रबाडाले समान २-२ विकेट लिए।
औशत लक्ष्य पछ्याएको दिल्लीको ब्याटिङ खास जम्न सकेन। ओपनर पृथ्बी श २ रन बनाउँदै पभेलियन फर्कँदा शिखर धवनले सर्वाधिक ३४ रन बनाए। त्यस्तै ऋषभ पन्तले ३२ र शिमोन हेटमायरले २१ रन जोडे।
दिल्लीलाई लक्ष्य सम्म पुग्न नदिन राशिद खानले तीन विकेट लिँदा भुवनेश्वर कुमारले २ विकेट तथा खालिल अहमेद र टी नटराजनले १/१ विकेट लिए।
जारी सिजन यो दिल्लीको पहिलो हार हो भने हैदराबादको पहिलो जित हो। यो हारसँगै दिल्ली तालिकाको दोस्रो स्थानमा झरेको छ।
प्रकाशित मिति: सोमबार, असोज १२, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय