कोरोना संक्रमितको उपचारमा लाग्न बिर अस्पताललाई समितिको सुझाव

प्रतिनिधिससभाको शिक्षा तथा स्वास्थ्य समिति अन्तर्गत गठित कोभिड–१९ को सम्बन्धमा सरकारले गरेका काम कारबाहीको अनुगमन गर्न गठित उपसमितिले प्रभावकारी रुपमा कोरोना संक्रमणको उपचारमा लाग्न बीर अस्पताललाई सुझाव दिएको छ ।
सोमबार काठमाडौंको वीर अस्पतालको अनुगमन गर्दै उपसमितिले मुलुकको जेठो र ठूलो अस्पतालमा आम जनताको अपेक्षा रहेको भन्दै जनअपेक्षा अनुरुप नै कोरोना संक्रमणको उपचारमा लाग्न बीर अस्पताललाई सुझाव दिएको हो । सरकारले केहि समय अघि बीर अस्पताललाई कोरोना उपचारका लागि डेडिकेटेड अस्पतालका रुपमा छुट्टाएको थियो । वीरको अन्य सेवा भने ट्रमा सेन्टरबाट भइरहेको छ ।
अनुगमनका क्रममा उपसमितिले अस्पतालका केहि व्यवस्थापकिय कमजोरी औल्याएको थियो भने अस्पतालका पदाधिकारीहरुले बिबिध कारणले अस्पताल सञ्चालनमा कठिनाइ भएको बताएका थिए । उपसमिति संयोजक एवं सासंद जीवनराम श्रेष्ठले अनुगमनमा क्रममा देखिएका समस्या समाधानका लागि सरकार समक्ष पुराउने बताए । कोरोना उपचारका लागि स्वास्थ्यकर्मीको भूमिका अपरिहार्य हुने भएकाले अस्पतालमा देखिएको तलवको समस्या समाधानका लागि पहल गर्ने उनले धारणा राखे ।
अनुगमनका क्रममा अस्पतालका निर्देशक डा केदार सेन्चुरीले कोरोनापछि सेवाहरु बन्दा नहुदा पनि विरामीहरु आउने क्रम घटेकाले त्यसको प्रत्यक्ष असर आयश्रोतमा परेको बताए । उनले आम्दानी घटेकाले अस्पतालको सेवासञ्चालनमा कठिनाई भएको र न्याम्स अन्तर्गतका कर्मचारीलाई तलव भत्ता खुवाउन पनि नसकिएको जानकारी दिए ।
उनले अस्पतालमा दरवन्दी नपुगेकाले पनि काम गर्न र गराउन अप्ठेरो भएको बताए । उनका अनुसार कोरोना अघि दैनिक ११ देखि १२ लाख आम्दानी भएपछि अहिले मुस्कीलले दैनिक दुईलाख मात्र आम्दानी हुने गरेको छ ।
प्रकाशित मिति: आइतबार, भदौ २८, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय