हिमाल दैनिक
विघटित नेकपा एमाले र नेकपा (एमाओवादी)बीच भएको पार्टी एकीकरण पश्चात निर्वाचन चिन्ह सूर्यभित्र हँसिया हथौडा रहने सहमति भएको भनिएपनि अन्ततः सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पुरानै एमालेको चुनाव चिन्ह सूर्य कामय गराउन सफल भएको छ। फलस्वरुप मुलुकमा एक दशकसम्म हिंसात्मक द्दन्द्द मच्चाएर ६४ काे चुनावमा तहल्का मच्चाएका विघटित एमाओवादी नेता पुष्पकमल दाहालको पुरानाे दलकाे नाम सँगै चुनाव चिन्ह गोलाकारभित्र हँसिया हथौडा अर्कै माओवादी केन्द्रले कब्जा जमाएकाे छ। निर्वाचन आयोगले आगामी मंसिर १४ गते हुने उपनिर्वाचनमा भाग लिने नयाँ २१ राजनीतिक दललाई चुनाव चिह्न प्रदान गर्ने क्रममा सत्तारुढ नेकपा (ने क पा)को नाममा सूर्य नै कायम गर्दै दाहालको चिन्ह अर्कै माओवादाीलाई दिएपछि दाहालको पुरानो पार्टीको नामसँगै निर्वाचन चिन्हको अस्थित्व समेत नामेट भएको छ। आयोगको बैठकले प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य तथा स्थानीय तहका सदस्यको लागि हुने उक्त निर्वाचनमा भाग लिने राजनीतिक दलको दल दर्ता गरी निर्वाचन चिह्न प्रदान गर्ने निर्णय गरेको हो। जसमा नेकपा (ने क पा)लाई सूर्य, समाजवादी पार्टीलाई पाँचऔँलासहितको हत्केला, राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)लाई हलो चिह्न प्रदान गरिएको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद गौतमद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ। त्यसैगरी जनमत पार्टी (जपा)लाई लाउडस्पिकर, नेपाल कम्युनिष्ट पार्टी माक्र्सवादी (पुष्पलाल) हँसियामाथि धानको बाला र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) लाई गोलाकारभित्रको हँसिया हथौडा दिएको छ। त्यसैगरी आयोगले ग्रिन पार्टी नेपालले त्रिशूल, नेपाल लोकतान्त्रिक पार्टीले दुईहात जोडेको नमस्कार, राष्ट्रिय प्रजातन्त्र पार्टी (लोकतान्त्रिक)लाई साँढेगोरु, साझा पार्टीले तराजु, मुस्कान सेना नेपालले पुरुष, नेपाल परिवार दलले साँचो, नेपाल कम्युनिष्ट पार्टी ९संयुक्त०ले हँसिया र हाम्रो पार्टीले धारा चुनाव चिह्न दिएको हो। त्यस्तै मङ्गोल नेशनल अर्गनाइजेशनले कुखुराको भाले, नेपालवादले तारापुञ्ज, सङ्घीय खम्बुवान लोकतान्त्रिक पार्टी नेपालले हवाइजहाज, नेपाली काङ्ग्रेस (बिपी)ले करुवा, ऐतिहासिक प्रजातान्त्रिक जनता पार्टी नेपालले ट्र्याक्टर, आमूल परिवर्तन मसिहा पार्टी नेपालले हृदय, राष्ट्रिय नागरिक पार्टीले चङ्गा निर्वाचन चिन्ह प्राप्त गरेका छन्। आयोगमा दर्ता कायम भएका, २०७४ को निर्वाचनमा दर्ता नभएका, एकीकरण भएका, नाम परिवर्तन गरेका र २०७४ को निर्वाचनपछि यस आयोगमा दर्ता भएका २१ राजनीतिक दललाई चुनाव चिह्न प्रदान गरिएको हो। [pdf-embedder url="https://himaldainik.com/wp-content/uploads/2019/09/1569494208_np.pdf"]
प्रकाशित मिति: सोमबार, असोज ६, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update