Homeराजनीतिनेपाली कांग्रेस पार्टीकांग्रेस नेता निधि र स्वीस राजदूतबीच भेटवार्ता

कांग्रेस नेता निधि र स्वीस राजदूतबीच भेटवार्ता

नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधि र नेपालका लागि स्वीस राजदूत एलिजावेथ भन क्यापिलरबीच भेटवार्ता भएको छ।

निधि निवास बानेश्वरमा बिहीबार बिहान भएको भेटमा भर्खरै सम्पन्न निर्वाचन, संविधान कार्यान्वयनको अवस्था लगायतका विषयमा कुराकानी भएको थियो।

स्वीस राजदूत एलिजावेथले नेपालको संघीय प्रणाली र संविधानको सफल कार्यान्वयनका लागि सहयोग गर्न स्वीस सरकार सधैं तयार रहेको बताइन्। कांग्रेस नेता निधिले संघीयता र नेपालको विकासमा स्वीस सरकारले गरेको सहयोगका लागि धन्यवाद दिएका थिए।

भेटमा स्वीस राजदूतले नेपालमा कृषि, जलविद्युतको क्षेत्रमा लगानी गर्न बिदेशी लगानीकर्ता आउन तयार भएको तर त्यसका लागि लगानीमैत्री वातावरण बनाउनु पर्नेमा जोड दिइन्।

निधिले अल्पविकसितको सूचीबाट माथि जाने तयारीमा रहेको नेपालको विकास निर्माणमा स्वीस सरकारको सहयोगका लागि आग्रह गरेका थिए।

spot_img
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधि र नेपालका लागि स्वीस राजदूत एलिजावेथ भन क्यापिलरबीच भेटवार्ता भएको छ।

निधि निवास बानेश्वरमा बिहीबार बिहान भएको भेटमा भर्खरै सम्पन्न निर्वाचन, संविधान कार्यान्वयनको अवस्था लगायतका विषयमा कुराकानी भएको थियो।

स्वीस राजदूत एलिजावेथले नेपालको संघीय प्रणाली र संविधानको सफल कार्यान्वयनका लागि सहयोग गर्न स्वीस सरकार सधैं तयार रहेको बताइन्। कांग्रेस नेता निधिले संघीयता र नेपालको विकासमा स्वीस सरकारले गरेको सहयोगका लागि धन्यवाद दिएका थिए।

भेटमा स्वीस राजदूतले नेपालमा कृषि, जलविद्युतको क्षेत्रमा लगानी गर्न बिदेशी लगानीकर्ता आउन तयार भएको तर त्यसका लागि लगानीमैत्री वातावरण बनाउनु पर्नेमा जोड दिइन्।

निधिले अल्पविकसितको सूचीबाट माथि जाने तयारीमा रहेको नेपालको विकास निर्माणमा स्वीस सरकारको सहयोगका लागि आग्रह गरेका थिए।

- Advertisment -

भर्खरै